नेविसंघद्वारा प्रजातन्त्र दिवस मनाईयो

पिपलबाेट संवाददाता


नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्यम्पस इकाई कार्य समितिले नेपालको ६९ औ प्रजातन्त्र दिवस एक कार्यक्रमको आयोजना गरि मनाएको छ । ‘राष्ट्रियता,लोकतन्त्र, समाजवाद, विद्यार्थी एकता हाम्रा आर्दश हुन्’ भ्रन्ने मुल नाराका साथ नेविसंघले प्रजातन्त्र दिवस मनाएको छ । कार्यक्रममा बोल्दै बागेश्वरी बहुमुखी क्याम्पसका प्रजातन्त्रवादी प्राध्यापक संघका सभापति टेकेन्द्र महताराले नेपालको प्रजातन्त्रीक, लोकतन्त्रीक आन्दोलनमा विद्यार्थीहरुले महत्वपूर्ण योगदान पुर्याएको भन्दै अब शैक्षिक विकास र रुपान्तरणका लागि संघर्ष गर्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्यम्पस इकाई कार्य समितिका सभापति राम प्रसाद पाण्डेले नेविसंघले देशको राजनीतिक व्यवस्था परिवर्तनका लागि विभिन्न तानाशाहहरुसँग संघर्ष गरेको स्मरण गराउँदै देशमा कुन्रै पनि शक्तिको अधिनायकवाद टिक्न नसक्ने चेतवानी समेत दिएका छन् । नेविसंघले आम विद्यार्थीहरुको भावना अनुसारका कार्यहरु गर्ने प्रतिवद्वता जनाउँदै नेविसंघका नेता तथा व्रिद्यार्थीहरु अनुशासनमा रहनु पर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्यम्पस इकाई कार्य समितिका उपाध्यक्ष डिल्ली रावलले वर्तमान केपी वली नेतृत्वको सरकारले जनताको भावना विपरित कार्यहरु गर्दै गईरहेको भन्दै नेपाल विद्यार्थी संघले अब चरणवद्व रुपमा संघर्षका कार्यक्रमहरु गर्ने बताएका छन् ।
कार्यक्रमको सहजिकरण नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्यम्पस इकाई कार्य समितिका सचिव उपेन्द्र विष्टले गरेका थिए भने कार्यक्रममा प्राध्यापक मिन केसी, नेविसंघका नेता तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

७ फाल्गुन २०७५ मा प्रकाशित
Nabintech