जाजरकोट तरुण दल अध्यक्षमा थापाको दावि

पिपलबाेट संवाददाता


नेपाल तरुण दल जिल्ला कार्य समिति जाजरकोटको अध्यक्षमा यूवा नेता लोकेन्द्र बहादुर थापाको चर्चा सूरु भएको छ । जाजरकोट तरुण दलका अध्यक्ष हरिचन्द्र बस्नेत कुसे गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि जाजरकोटमा तरुण दलको निर्वाचनका विषयमा बहस सुरु हुन थालेको छ । नेपाल तरुण दलमा आवद्व भई विगत १२ वर्षदेखि राजनीति गर्दै आएका लोकेन्द्र बहादुर थापाले अध्यक्षमा दावि गरेका छन् । उनले अध्यक्ष भएपछि पार्टीले दिएको जिम्मेवारी ईमान्दारीका साथ पुरा गर्दै आम यूवाहरु तरुण भित्र आवद्व गराउने प्रतिवद्वता समेत जनाएका छन् । छेडागाड नगरपालिकामा घर भएका थापा विगत देखि सक्रिया तरुण राजनीतिमा आवद्व छन् । तरुण दलका अन्य आकांक्षीहरुको पनि नाम आउन थालेको छ । यद्दपि नेपाल तरुण दल जाजरकोटको निर्वाचन भने कहिले हुने टुङ्गो लागेको छैन् ।

९ फाल्गुन २०७५ मा प्रकाशित
Nabintech