सिबिआईको पाँचौ दिक्षान्त समारोह सम्पन्न

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा कलवरी बाईबल इन्ष्टिच्युट कोहलपुरको पाँचो दिक्षान्त समारोह सम्पन्न भएको छ । करिब १ वर्ष सम्म अध्ययन गरेका ११ जना दिक्षित भएका छन् । कार्यक्रममा बोल्दै रेभ. सुकुमार क्षेत्रीले दिक्षान्त भएकाहरुले आफ्नो स्थानिय मण्डलीमा गई १ वर्षसम्म सिकेका कुराहरु व्यवहारमा लागु गर्न अनुरोध गरेका छन् । साथै उनले बईबलिय बचनबाट समाजमा असल नुन जस्तै बनेर समाजलाई नैतिक र भ्रष्टचारमुक्त बनाउन सकरात्मक सोचका साथ लाग्न सुझाव समेत दिएका छन् । कार्यक्रममा बोल्दै राचेल थापाले १ वर्षसम्म प्राप्त गरेको ज्ञानलाई सहि ठाउँमा सदुपयोग गर्न सुझाव दिँदै कार्यक्रमलाई सफल बनाउने प्रति धन्यवाद समेत दिएका थिए । कार्यक्रममा विभिन्न स्थानिय मण्डलीका पाष्टरहरु सहभागि भई विद्यार्थीका लागि प्रार्थना गरेका थिए । दिक्षाँन्त हुनेहरुमा
रेखा वली, प्र्रतिज्ञा कँुवर, जोनिशा बि.क., सरिता घर्तिमगर, माधुरी चौधरी, भिम बहादुर बि.क., भोज कुमारी श्रेष्ठ, साबित्रा चौधरी, पुष्पा चौधरी, दिल कुमारी बि.क. र सचिन घिमिरे रहेको प्रदेश नं. ६ र ७ क्षेत्रिय बप्तीस मण्डली संघका सचिव दुर्ग बरालले जानकारी दिएका छन् ।

१० फाल्गुन २०७५ मा प्रकाशित
Nabintech