कोहलपुर सहकारी सञ्जालद्वारा ध्यानाकर्षण

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिकालाई कोहलपुर सहकारी सञ्जालले ध्यानाकर्षण गराएको छ । सहकारी संस्थाहरुले समय समयमा औपचारिक तथा अनौपचारिक रुपमा जनप्रतिनिधि तथा नगर प्रमुख, उपप्रमुखसँग देशको आर्थिक विकासको तेस्रो खम्बाको रुपमा संवैधानिक मान्यता पाएको, देशको रोजगारी आर्थिक सामाजिक र संस्कृतिक क्षेत्रमा विकासका लागि महत्वपूर्ण योगदान दिएको सहकारी जस्तो महत्वपूर्ण क्षेत्रलाई उचित सम्बोधन गरिनुपर्छ भनेर अन्र्तक्रिया तथा छलफल भईराख्दा पनि नगरपालिकाले उपेक्षा गरिएको हुँदा नगर स्थित सबै सहकारीहरुको गम्भिर ध्यानाकर्षण भएको सञ्जालका अध्यक्ष डोलराज आर्यालले बताएका छन् । साथै सहकारीकर्मीहरुले विभिन्न मागहरु सहितको ध्यानाकर्षण पत्र कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतलाई बुझाएका छन् । साथै आफ्ना मागहरु पुरा नभए कडा भन्दा कडा आन्दोलिनका कार्यक्रमहरु सार्वजनिक गर्ने चेतनवा समेत दिएका छन् ।
कोहलपुर सहकारी सञ्जालले मागहरु मध्ये रहेक वडामा सहकारीका माध्यमबाट विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने, सहकारी जस्तो महत्वपूर्ण क्षेत्रको लागि नगरपालिकामा प्रभावकारी सहकारी शाखा सञ्चालन गराई सहकारीको प्रवद्धन तथा विकासमा सहयोगका लागि भूमिका निर्वाह गर्नुपर्ने, सहकारीलाई कृषि, पशुपालन, माछा तथा अन्य व्यवसायिक गतिविधिमा आवद्ध गर्नका लागि अनुदान तथा साझेदारीका कार्यहरु सञ्चालन गरिनुपर्ने रहेका छन् । त्यस्तै नगर भित्र सञ्चालन हुने हरेक कार्यक्रममा सहकारी क्षेत्रको प्रतिनिधित्व हुनुपर्ने, कोहलपुरदेखि नेपालगञ्ज रोडमा सहकारीले लगाएका विरुवालाई मनपरी तरिकाले नफालि त्यसको संरक्षण तथा प्रवद्धनमा सहकारीसँग सहकार्य गर्नुपर्ने, जनप्रतिनिधिमा सहकारी श्रमजिवि, गरिब, विपन्न, आर्थिक हिसाबले कम क्षमता भएका जनताको प्रतिनिधि गर्ने संस्था र समृद्ध कोहलपुरबनाउन सक्ने एक हिंसा हो भन्ने भावनाको बोध गराउन हुनु माग गरेका छन् ।

१० फाल्गुन २०७५ मा प्रकाशित
Nabintech