बिधाई तथा स्वागत कार्यक्रममा सम्पन्न

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर–१४ मा रहेको सिर्जना बाल प्राविले बृहत अभिभावक भेला, बिधाई तथा स्वागत कार्यक्रममा सम्पन्न गरेको छ । ‘हामी सबैको चासो, सिर्जा बाल प्राविको खाँचो’ भन्ने मुल नाराका साथ विद्यालयले अभिभावक भेला सम्पन्न गरेको छ । साथै कार्यक्रममा विद्यालयका पूर्व प्रअ जित बहादुर थापालाई बिधाई गरेको छ भने नयाँ प्रअ कल्पना कुमारी वलीलाई स्वागत गरिएको छ। कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं. १४ का वडा सदस्य मान बहादुर गुरुङ्गले नेपालको शैक्षिक विकासमा सामुदायिक विद्यालयहरुले महत्वपूर्ण योगदान पुर्याएको भन्दै राज्यले सामुदायिक व्रिद्यालयको शैक्षिक गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर नगर शिक्षा शाखाका प्रतिनिधि हेम कुमार रावतले स्थानिय सरकारले कोहलपुर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको विकास र विस्तारमा विशेष जोड दिन आवश्यकता रहेको बताएका छन् । व्रिद्यालय व्यवस्थापन समितिका अध्यष प्रेम लाल रिजालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका अभिभावक, समाजसेवी, विद्यार्थीहरुको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन विनोद थापाले गरेका थिए ।

१० फाल्गुन २०७५ मा प्रकाशित
Nabintech