२० औं वार्षिक उत्सव सम्पन्न

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर–११ मा रहेको कोहलपुर लिटिल एन्जल्स माविले आफ्नो २० औं वार्षिक उत्सव मनाएको छ । कार्यक्रमको उद्घाटन क्रिसा कोहलपुरका अध्यक्ष दिनेश सिग्देलले गरेका थिए । कार्यक्रममा बोल्दै संस्थागत विद्यालयहरुको छातासंगठन क्रिसा कोहलपुरका अध्यक्ष दिनेश सिग्देलले कोहलपुर क्षेत्रको शैक्षिक विकासमा नीजि विद्यालयहरुले महत्वपूर्ण भूमिका खेलेको बताउँदै स्थानिय सरकारले पनि आफ्नो नीति निर्माण गर्दा संस्थागत विद्यालयहरुको भावना समेट्नु पर्ने बताएका छन् । साथै उनले विद्यार्थीहरुको मनोविज्ञान बुझेर बालमैत्री शिक्षण गर्न आवश्यक रहेको बताउँदै विद्यालयले गुणस्तरिय शिक्षामा जोड दिन अनुरोध गरेका छन् । कार्यक्रममा पूर्व अभिभावक तथा समाजसेवी लुट बहादुर केसीले विद्यालयले गुणस्तरिय शिक्षा सँगै प्राविधिक शिक्षामा जोड दिएर दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुराउनका लागि विशेष शिक्षा नीति अपनाउन अनुरोध गरेका छन् । कार्यक्रममा २०७्र४ सालमा कोहलपुर स्तरीय कक्षा ८मा प्रथम भएका मैया तिमिल्सेनालाई सम्मान गरिएको थियो । विद्यालयकी संस्थापक सरस्वतिदेवि श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका अभिभावक, शिक्षक, विद्यालय लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुतीहरु पनि प्रस्तुत गरिएको थियो ।

१० फाल्गुन २०७५ मा प्रकाशित
Nabintech