नेविसंघद्वारा बनभोज तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

पिपलबाेट संवाददाता


नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस ईकाई कार्य समितिले बनभोज तथा प्रशिक्षण कार्यक्रमा सम्पन्न गरेको छ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ सँग आवद्व विद्यार्थीहरुलाई आत्मियता साटासाट र नेविसंघको बारेमा प्रशिक्षण कार्यक्रम बाँकेको बजैनाथ गाउँपालिका स्थित गाभर भ्यालीमा सम्पन्न गरिएको छ । प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य कृष्ण कार्कीले नेपालको परिवर्तनमा नेविसंघले महत्वपूर्ण भूमिका खेलेको बताउँदै नेविसंघले जनताको भवनालाई आत्मा साथ गरेको बताएका छन् । साथै उनले संघिय लोकतन्त्र गणतन्त्र स्थापनका लागि नेविसंघले धेरै रगत बगाएको बताउँदै नेविसंघले त्यागलाई संस्थागत गर्न सबै लाग्नुपर्ने बताए । नेपाली काँग्रेसको बलियो खम्बा नेविसंघ भएकाले पार्टीले विधि र विधान अनुसार नेविसंघले आफ्ना गतिविधि सञ्चालन गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै बागेश्वरी बहुमुखी क्याम्पसका प्राध्यापक टेकेन्द्र महताराले नेविसंघले विद्यार्थीहरुका शैक्षिक मुद्धालाई प्रथामिकता दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै बागेश्वरी बहुमुखी क्याम्पसका उप–प्रशासक बेदराज लम्सालले शैक्षिक रुपान्तरणका लागि नेविसंघले महत्वपूर्ण भूमिका खेलेको बताए । कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पसका ईकाई सभापति राम प्रसाद पाण्डेले नेविसंघले विद्यार्थीहरुका हक र हितका लागि संधै लडेको भन्दै क्याम्पसको शैक्षिक विकासका लागि सकरात्म भूमिका खेल्ने बताए । कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पसका ईकाई वरिष्ठ उपाध्यक्ष डिल्ली रावलले नेपालको शैक्षिक विकासमा नेविसंघले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै नेविसंघ शैक्षिक विकासका लागि सबैसँग सहकार्य गर्ने प्रतिवद्वता जनाएका छन् । कार्यक्रममा बागेश्वरी क्याम्पसका प्राध्यापक एकराज शर्मा, हरि शर्मा, गोपाल शर्मा, लगायत विद्यार्थीहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पसका ईकाईका सचिव उपेन्द्र विष्ठलेगरेका थिए ।

२ चैत्र २०७५ मा प्रकाशित
Nabintech