१६ सय सवारीसाधन कारबाहीमा आठलाख राजश्व संकलन

पिपलबाेट संवाददाता


बाँकेको राप्तीसोनारी–८ शम्शेरगजमा रहेको अस्थायी ट्राफिक प्रहरी पोष्टले गत फागुन महिनामा मात्र करिब आठ लाख रुपैया राजस्व संकलन गरेको छ । नियम विपरित सवारी साधन चलाउने १६ सय सवारी साधनलाई कारबाही गरी आठलाख राजश्व संकलन गरिएको शम्शेरगजमा अस्थायी ट्राफिक प्रहरी पोष्टका ईन्चार्ज सई बाबुराम जिसीले जानकारी दिए । उनका अनुसार सबै भन्दा बढी ट्रीपर र ट्याक्टर कारबाहीमा परेका छन् ।
राजममार्गमा गुड्ने सवारी साधनको कागज पत्र नभएको र ओभरलोड बाक्ने सवारी साधन ,कारबाहीमा परेको विसीको भनाई छ । त्यस्तै सवारी चालक अनुमतीपत्र नभएका तथा हेलमेट नलगाउने तथा ३ जना बसालेर चलाउने मोटरसाईकल समेत कारबाहीमा परेको विसीले बताए । शम्शेरगज,ढकेरी लागायतका स्थानहरुमा चेकजाचका क्रमममा ति सवारी साधनहरु कारबाहीमा परेका हुन । त्यस्तै पछिल्लो समयमा दुर्घटनामा समेत न्युनीकरण आएको छ । हामीले राजश्व संकलन सगै दुर्घटना न्युनीकरणमा विशेष जोड दिएका छौ अहिले यस क्षेत्रमा दुर्घटनामा कमी आएको छ कुनैपनि मानविय क्षति भएको छैन विसीले भने ।
‘हामीले दुर्घटना न्युनीकरण गर्नलाई चेकजाँचलाई नियमित बनाएका छौं’ उनले थपे । राजमार्गमा तिव्र गतिमा गुड्ने गाडी लाई रोकेर गाडीको गतिका बारेमा जानकारी लिई सुझाव समेत दिने गरिएको बताईएको छ । राजमार्गमा गुड्ने कुनै पनि सवारीसाधनबाट नियम विपरित शुल्क नलिन आफु मातहतका कर्मचारीहरुलाई निर्देशन दिने गरेको ईन्चार्ज विसीको भनाई छ । कुनै कर्मचारीले त्यस्तो गरेको पाइएमा जानकारी आएमा तत्काल कारबाही हुन्छ उनले भने ।

५ चैत्र २०७५ मा प्रकाशित
Nabintech