ब्राइट लाईटले मनायो आफ्नो १२ औं वार्षिक उत्सव

पिपलबाेट संवाददाता


ब्राइट लाईट एकेडेमी कोहलपुर १ कौशिलानगर बाँकेको १२औं बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेसनल प्यावसनका केन्द्रिय अध्यक्ष ऋतुराज सापकोटाले अहिले सरकारले निजि विद्यालय अहिले अलग रुपमा हेर्ने गरेको देखिन्छ । निजि विद्यालयले नै मुलकलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग गदै आएका छन् । नेपालमा संघियता लागु संगै शिक्षालाई हेर्ने प्रस्ट द«ष्टि सरकारे वनाउन सकेको छैन यसले गदा अहिले प्रदेश ,स्थानिय निकाएहरुका विचमानै बुझाईको समस्या रहेको छ । स्थानिय निकायहरुले शिक्षा आफु अनुकुल चलाउन खोज्दा भविश्यमा निकै ठुलो समस्या आउने सापकोटाले वताए । निजि विद्यालय संचालकहरुले आफ्नो सवै सम्पति वैकमा राख्यर बैक वाट ठुलो परिणाममा ऋण लिएर आफ्ना भौतिक पुर्वाधारहरु निर्माण गरेका छन् यिनै विद्यालयहरुले देशमा सरकारले गनु पर्ने काम आफुले गरेका छन् ता पनि सरकार यिनिहरुलाई व्यापारि रुपमा हेनुनै गलत भएको वताए ।  कार्यक्रमका विशिष्ट अतिथि नेसनल एन प्यावसनका केन्द्रिय सचिव कुशुम रानाभाटले स्थानिय निकायहरुले जसरी सामुदायिक विद्यालयर संस्थागत विद्यालयलाई भेदभाव गर्ने गरेका छन् यस्ता गतिविधि आफुहरुलाई मान्य नहुने वताए । यस्तै कार्यक्रमा बोल्दै नेसनल एन प्यावसनका प्रदेश उपाध्यक्ष सुवोध डाँगीले सरकारले पहिला सवै सामुदायिक विद्यालयहरुको व्यवस्थापन र शैक्षिक सुधार गर्ने जरुरी रहेको वताए । प्रदेश र स्थानिय सरकारले कानून वनाउदा सरोकार निकार्यहरु संग सल्लाहसुझाप र परार्मसका आधारमा कानून वनाउन आवश्यक रहेको वताए । कार्यक्रमा बोल्दै क्रिसा कोहलपुरका अध्यक्ष तथा प्यावसन बाँके उपाध्यक्ष दिनेश सिग्देलले कोहलपुर नगरपालिकाले अहिले जुन किसिमको कुरा आफु खुसी निजि विद्यालयलाई प्रयोग गर्ने खोजिएको छ त्यो कदावि आफुहरु मान्न तयार नभएको वताए । नेपालीहरुको दौरा सुराल ढाका टोपी पहिचान भए जस्तै निजि विद्यालयहरुको पहिचान त्यस विद्यालयको स्कुल पोषाक भएको वताए । कुनै पनि विद्यालयहरुले सरकारले वनाएको करिकुलम भित्रका पाठय पुस्तक मात्र पढाउने गरेकोमा अहिले कोहलपुर नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालय र निजि विद्यालयको पुस्तक र पोषाक समान वनाउन खोज्नु राम्रो नभएको वताए । सिग्देलले निजि विद्यालयहरुले दिन रात नभनेर विद्यालयको शैक्षिक सुधारको लागी विभिन्न गतिविधी गर्ने गर्ने गरेकोर सरकारी विद्यालयहरुले विहान १० देखि वेलुका ४ कसरी वजाउने भन्ने मात्र गरेर कसरी शैक्षिक विकास हुन्छ । कोहलपुरका मेयर लाई त्यता तिर ध्यान दिन सुझाव समेत दिए ।
कार्यक्रमा विद्यालयले बार्षिक गरेका क्रियाकलाव को पुरस्कार वितरण गरिएको थियो । त्यस्तै सामुदायिक विद्यालयका १० विद्याथीहरुलाई शैक्षिक सामाग्री वितरण समेत गरिएको थियो । कार्यक्रमको सभापतित्व विद्यालयका संस्थापक गोविन्द चौधरीले गरेका थिए ।
कार्यक्रममा नेसलन एन प्यावसनका केन्द्रिय सदस्य बामदेव न्यौपाने ,वेस्टक माविका संस्थापक कुवेर वस्नेत ,पंचमुखी इ.मि. का संस्थापक किशोर राज मल्ल ,तक्षशिला माविका प्रवन्ध निर्देशक कमल पछाई ,जन ज्योति माविका बेग प्रकाश चन्द ,नमुना माविका शिव डाँगी,दिप ज्योति विद्या निकेटन का सस्ंथपक लक्ष्मण सिंह ,कोहलपुर वागेश्वरीका विष्णु केसी, समाज सेवि सत्यदेवि ढकाल , जगतजंग बुढाथोकी लगाएतको उपस्थिती रहेको थियो ।

५ चैत्र २०७५ मा प्रकाशित
Nabintech