नेविसंघद्वारा होलि मिलन कार्यक्रम गरिने

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखि क्याम्पस ईकाई कार्यसमितिले होलि मिलन कार्यक्रम गर्ने भएको छ । नेपाल विद्यार्थी संघसँग आवद्व विद्यार्थीहरुलाई भोलि ७ गते कोहलपुर स्थित गोलपार्कमा उपस्थित भई होलि मिलन कार्यक्रममा सहभागि हुन नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पसका ईकाई सभापति राम प्रसाद पाण्डेले जानकारी दिएका छन् । सभापति पाण्डेका अनुसार आत्मियता साटासाटका लागि होलि मिलन कार्यक्रम आयोजना गरिएको बताएका छन् । नेविसंघमा आवद्व विद्यार्थीहरुलाई्र उक्त, कार्य्रक्रममा उपस्थितिका लागि अनुरोध गरेका छन् ।

६ चैत्र २०७५ मा प्रकाशित
Nabintech