सार्वजनिक समाचारप्रति पे्रस सल्लाहकार चौलागाईको ध्यानाकर्षण

पिपलबाेट संवाददाता


नेपालगञ्ज उपमहानगरपालिकाका पे्रस सल्लाहकार शुक्रऋषि चौलागाईले केही सञ्चारमाध्यममा आफुलाई जोडेर सार्वजनिक भएका समाचारप्रति गम्भिर ध्यानाकषर्ण भएको जनाउनु भएको छ ।
नेपाल पत्रकार महासंघ बाँके शाखाले सडकमा गरेको पे्रस मिट र केही सञ्चारमाध्यममा आएका समाचारप्रति शुक्रबार एक विज्ञप्ती जारी गर्दै ती समाचारले सदैव स्वयं निष्कलंक रहने प्रयासमा प्रहार गरेको आशयसहित मर्माहत बनाएको उल्लेख गर्नु भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाले पत्रकार र पत्रकारिता विकासका लागि गत वर्ष स्वीकृत गरेको सञ्चार पत्रकारिता विकास कार्यक्रम र स्थानीय रेडियो, एफएम, टेलिभिजन कार्यक्रम सञ्चालन÷ सहजीकरणका लागि प्रेस सल्लाहकारको हैसियतले दिइएको जिम्मेवारी सम्म निर्वाह गरिएको जारी विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा उपमहानगरपालिकाकै सर सल्लाहमा नेपाल पत्रकार महासंघ बाँके शाखालाई ५ वटा कार्यक्रम आयोजना गर्ने जिम्मवारी दिइएअनुसार सो कार्यक्रमको आयोजना, सहभागी उपस्थिती, हस्ताक्षर, प्रशिक्षक, विल, भर्पाइ, प्रतिवेदन लगायत आवश्यक सम्पूर्ण जिम्मेवारी नेपाल पत्रकार महासंघ बाँके शाखाको नै थियो । शाखाले पेश गरेको विवरण ९विल, हस्ताक्षर० सहितको डकुमेन्टमा शाखाको छाप, जिम्मेवार पदाधिकारीको हस्ताक्षर ९नाम० समेत उल्लेख भएको जनाइएको छ तथापी शाखाले आफनो जिम्मेवारी नभएको सडकबाटै प्रतिक्रिया दिएपछि पे्रस सल्लाहकारले विज्ञप्ती निकाल्नु भएको हो ।
कार्यक्रममा सहभागीको हस्ताक्षर सम्बन्धमा एकिन गर्ने दायित्व कार्यक्रम संचालककै हुने हुँदा पत्रकार महासंघ जस्तो संस्थाले स्वयं विचार पु¥याउनु पर्ने भन्दै पे्रस सल्लाहकार चौलागाईले आयोजक र उपमहानगरपालिकाबीचमा पूलको काम सम्म गरिदिएको बताउनु भएको छ । पत्रकार महासंघले आयोजना गर्ने कार्यक्रमको लागि छुट्याइएको वजेट उपलब्ध गराउनु बाहेक पत्रकार महासंघ बाँकेले गरेको कार्यक्रममा आफनो भूमिका नभएको तर पनि आफनो नाम जोडेर लाल्छना लगाइनुले त्यसको क्षतीपुर्ती कसले तिर्ने रु भन्दै जवाफ खोज्नु भएको छ । काम गर्ने क्रममा भएका आफ्ना कमी कमजोरीलाई सच्याउदै अघि बढ्नु पर्नेमा जिम्मेवार पदमा वसेका पत्रकार मित्रहरुले गर्नु भएको क्रियाकलापले सिंगो संचारकर्मी माथी नै प्रश्नचिन्ह खडा गरेको र आमनागरिकको विश्वासमा कुठाराघात पुगेको महशुस गरेको विज्ञप्तीमा व्यक्त गरिएको छ । अन्तमा यस विषयमा थप अध्ययन र छानबिनको लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत पे्रस सल्लाहकार चौलागाईले व्यक्त गर्नु भएको छ ।

८ चैत्र २०७५ मा प्रकाशित
Nabintech