क्रिसाको आठौ साधारण सभा सम्पन्न

पिपलबाेट संवाददाता


कबिन्द्र परियार
कोहलपुर क्षेत्रका निजि तथा आवशिय विद्यालयहरुको संगठन (क्रिसाको ) आठौं साधारणसभा तथा योजना तर्जुमा भेला शुक्रबार कोहलपुरमा सम्पन्न भएको छ । भेलामा क्रिसाका सचिव शिव डाँगीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै कोषाध्यक्ष केशर बहादुर वलीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलाले रु १ लाख ५० हजारको अक्षयकोषकोे समेत स्थापना गरेको छ । सो अक्षयकोषबाट बाँकेका ३ वटा स्थानीय तह राप्तीसोनारी,बैजनाथ र कोहलपुर नगरपलिकाले सिफारिस गरि पठाएका १÷१ जना विद्यार्थीहरुलाई अध्ययन गराइने क्रिसाका अध्यक्ष दिनेश सिग्देले जानकारी दिए । त्यस्तै भेलाले सामुदायिक विद्यालयबाट आधारभुत तह उर्तिण गरि निजी विद्यालयमा मा.वि अध्ययन गर्न चाहने गरिब र जेहेन्दार ३० जना विद्यार्थीहरुलाई निशुल्क रुपमा पढाउने निर्णय समेत गरेको सचिव शिव डागीले बताए ।
त्यस्तै भेलाले कोहलपुर नगरपलिकाले लागु गर्ने भनिएको पोषाकमा एकरुपताका विषयमा असहमति जनाएको छ । पाठ्यक्रममा एकरुपताको विषयमा आपत्ति होईन तर पोषाकका हकमा भने हामीलाई स्विकार्य छैन । अध्यक्ष सिग्देलले भने । साधारणसभामा नेशनल प्याब्सन प्रदेश नं ५ का सदस्य गोविन्द चौधरी, कमल पछाई,जिल्ला अध्यक्ष श्याम कुवर,प्याब्सन जिल्ला सचिव रोशन श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

८ चैत्र २०७५ मा प्रकाशित
Nabintech