कोहलपुर घण्टाघर अलपत्र

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिकाको नगर गौरवको योजना अन्तर्गत रहेको कोहलपुर घण्टाघर अलपत्र परेको छ । गत आर्थिक वर्ष २०७४÷०७५मा कोहलपुर नगरपालिकाको राष्ट्रिय गौरवको आयोजनाका रुपमा कोलहपुर–११ स्थित गोलपार्कमा घण्टाघर निर्माण गर्ने भन्दै दोस्रो नगर सभाले २२ लाख बजेट बिनियोजित गरेको थियो । घण्टाघर निर्माणको डिपिआर निर्माणको जिम्मा कोहलपुर नगरपालिकाले पिस ईन्जिनियरिङ्ग कन्सलटेन्सीलाई दिएको थियो । उक्त कन्सलटेन्सीले निर्माण गरेको डिपार नै गलत भएको भन्दै आयोजना निर्माणको ठेक्का पाएको जय भावनी निर्माण सेवा कोहलपुरले निर्माण कार्य सुरुवाति चरणमै स्थागित गरेको छ ।
साथै जय भावनी निर्माण सेवासँग कोहलपुर नगरपालिकाले २०७४ चैत्र १२ गते ठेक्का सम्झौता गर्दै २०७५ चैत्र मसान्त भित्र सम्पन्न हुने भनि सम्झौत गरिएको थियो । निर्माण कार्य सम्पन्न गर्ने समय सकिँदै गर्दा हाल सम्म कुनै पनि कार्य हुन सकेको छैन् । जय भवानी निर्माण सेवाका निर्माण व्यवसायि भोजराज पनेरुले कोहलपुर नगरपालिकाले घण्टाघर निर्माणका लागि तयार पारिएको डिपार नै गलत भएकोले आफुहरुले काम गर्दा गर्दै बिचमै रोक्नु पर्ने बाध्याता आएको बताए । साथै उनले घण्टाघरको जग्ग खन्ने क्रममा पानी निक्ले पछि आफुले नगरपालिकाको ईन्जिनियरलाई भन्दा काम रोक्न आदेश अनुसारनै निर्माण कार्य रोकिएको बताए । त्यस्तै कोहलपुर नगरपालिकाका ईन्जिनियर हेमन्त रोकाका अनुसार घण्टाघर निर्माण स्थलको साईल टेस्ट बिनानै डिपिआर गरिएको र डिपिआर पनि नक्सा स्टमेट नगरी हचुवाको भरमा निमा्र्रण गरिएकोले ठेकदार कम्पनीले काम गर्न सम्रस्या आएको बताएपछि आफुले काम रोकेको बताएका छन् । साथै उनले डिपिआर गर्ने पिस ईन्जिनियरिङ्ग कन्सलटेन्सीले ५ लाख रुपैयाँ लिएर डिपिआर निर्माण गरेको बताए । सोहि घण्टाघर निर्माणको दोस्रो पटक डिपिआर निर्माणका लागि कोहलपुर नगरपालिकाले भिजिनरिङ डिजाईनिङ्ग कुपण्डोल काठमाण्डौंलाई जिम्मा दिएको छ । डिपिआर निर्माणका लागि पुन १२ लाख ४३ हजार रुपैयाँ कोहलपुर नगरपालिकाले भिजिनरिङ डिजाईनिङ्ग कुपण्डोल काठमाण्डौंलाई दिएको छ ।
हाल घण्टाघरको डिपिआर निर्माण भई कोहलपुर नगरपालिकामा आईसकेको र आर्थिक वर्ष २०७५÷०७६मा ६० लाख रकम विनियोजन भएको छ । साथै त्यसको टेण्डर केहि दिनमा हुने र घण्टाघर ११ तलाको हुने रोकाले बताएका छन् । घण्टाघरको गतवर्ष निर्माणको जिम्मा पाएको जय जय भवानी निर्माण सेवा कोहलपुर–११ले १० लाख भुक्तानी लिईसकेको छ । हाल बनेको डिजाईन स्टमेट अनुसार घण्टाघर निर्माणको लागि ९ करोड २० लाख ६ हजार १९ रुपैयाँ ८९ पैसा लाग्ने छ । नगरकै गौरवको योजनाको डिपिआर बनाउँदा आफु अनुकुलको ईन्जिनियरिङ्ग कन्सलटेन्सीलाई कमिसनको भरमा दिएकोले नगरको गौरवको योजना अलपत्र परेको र निर्माण कार्य हुन नसकेको नेपाली काँग्र्रेस कोहलपुर नगर कार्यसमितिका सचिव भूम बहादुर भण्डारीले बताएका छन् । साथै उनले कोहलपुर नगरपालिकामा आर्थिक अनियमिता भएको पुष्ठ भएको बताए ।
्रत्यस्तै कोहलपुर नगरपालिकाका प्रवक्ता माधव रिजालले घण्टाघरको डिपिआरमा केहि प्राविधिक कमिकमजोरी भएको स्वीकार गरेका छन् । साथै उनले मेयर लुट बहादुर रावत हाल विदेशमा भएको र मेरा रावत आएपछि आवश्यक छानविन गरी कारवाही गरिने बताएका छन् ।
यस्तै कोहलपुर नगरपालिकाको आर्थिक वर्ष २०७४÷७५ कोहलपुर नगरपालिकाका विभिन्न विकास निर्माणको डिपिआरको लागि १ करोड ८ लाख रुपैयाँ छुट्याएकोमा कोहलपुर नगरपालिकाले आफुसँग भएको दक्ष प्राविधिकको प्रयोग नगरी कन्सलटेन्सी माफर्त डिपिआर गरेको स्रोत बताएको छ । यसरी गोप्य रुपमा हुने डिपिआरले गर्दा नगरपालिकाको विकास निर्माणमा अवरोध आईरहेको जानकार बताउँछन् । उक्त डिपिआर निर्माण कार्यमा ठुलो आर्थिक अनियमिता भएको स्रोतले दावि गरेको छ ।

१३ चैत्र २०७५ मा प्रकाशित
Nabintech