बाँकेको बैजनाथ गाउँपालिमा दलित समुदायिक लागी अभियानमुखी तथा क्षमता अभिवृद्धि कार्यक्रम अन्र्तगत ३ दिने नेतृत्व विकास ताालिम बुुधबारदेखी सुरु भएको छ । गाउँपलिका स्तरिय दलित संजालको आयोजना तथा बैजनाथ गाउँपालिकाको सहयोगमा संचालन गरिएको सो तालिमको बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष शारदा रेग्मी विश्वकर्माले उद्घाटन गरेकी थिईन । तालिमको उद्घाटन सत्रमा बोल्दै उपाध्यक्ष रेग्मीले दलित अधिकारको रक्षाका लागी कुशल नेतृत्वको खाचो रहेको बताउँदै तालिममा सिकेका कुराहरु व्यवहारमा ल्याउन सकेमा मात्र तालिमको उपलब्धी हुने बताईन ।
त्यस्तै कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका सामाजिक विकास समितिका संयोजक गुमान बहादुर दमाईले ३ दिने नेतृत्व विकास तालिमले समाजमा रहेको विसंगति लगायतका कुराहरुको निराकरणमा सहयोग पु¥याउन सहयोग गर्ने बताए । बैजनाथ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी खत्रीले नेतृत्व हरेक तहमा आवश्यक पर्ने कुरा भएको बताउँदै सबै भन्दा पहिले दलित दलित बिचको भेदभाव अन्त्य गर्न आवश्यक रहेको बताए । बैजनाथ गाउँपालिकाका विधायक समितिका संयोजक मेघ बहादुर सुनारले तालिमले नेतृत्वको विकासमा सहयोग पु¥याउन विश्वास व्यक्त गरे ।
तलिमको प्रशिक्षिक शिवलाल पाण्डेले सहजीकरण गरिरहेका छन । बैजनाथ गाउँपालिका स्तरिय दलित संजालका अध्यक्ष दिल विश्वकर्माको अध्यक्षयतामा सम्पन्न भएको उद्घाटनसत्रमा जनप्रतिनिधि संचारकर्मी लगायतको सहभागीता रहेको थियो शुक्रबार सम्म संचालन हुने तालिममा बैजनाथ गाउँपालिका भित्रका ४८ जना दलित प्रतिनिधिहरुको सहभागीता रहेको छ ।