नेविसंघद्वारा पन्जा र मास्क सहयोग

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पस हस्तान्तरणको पूर्व सन्ध्यामा गरिएको सरसफाई कार्यक्रमका लागि नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस ईकाई कार्यसमितिले क्याम्पसलाई पन्जा र मास्क सहयोग गरेको छ । बागेश्वरी बहुुमुखी क्याम्पस भोलि (शुक्रबार) मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा हस्तान्तरण हुँदै छ् । कार्यक्रमलाई भव्य रुपमा सफल बनाउनका लागि बिहीबार क्याम्पस परिसरमा सरसफाई कार्यक्रम गरिएको थियो । जसमा नेविसंघ बागेश्वरी ईकाई कार्य समितिले मास्क र पन्जा सहयोग गरेको ईकाई सभापति राम प्रसाद पाण्डेले बताएका छन् । उनका अनुसार नेविसंघमा आवद्व विद्यार्थीहरुले क्याम्पस हस्तान्तरण कार्यक्रममा सहयोग गर्ने निर्देशन समेत दिएका छन् । क्याम्पसको कार्यक्रमलाई सफल बनाउन नेविसंघका नेता तथा विद्यार्थीहरुलाई सक्रिय भएर लाग्न  सभापति पाण्डेले अनुरोध गरेका छन् ।

१४ चैत्र २०७५ मा प्रकाशित
Nabintech