नेविसंघका नेताद्वारा ८४ वर्षिय वृद्वाको उपचारमा सहयोग

पिपलबाेट संवाददाता


दैलेखकोे आडबीस नगरपालिका वडा नं. ६ की ८४ वर्षिय मैनसरा उपाध्यायको उपाचारका लागि नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय सदस्य लोक प्रसाद आचार्य र कमल बहादुर शाहीले सहयोग गरेका छन् । ८४ वर्षिय वृद्वालाई भैसीले शरीर माथि टेकेर घाईते बनाएपछि नेविसंघ नेता लोक प्रसाद आचार्यको नेतृत्वमा उपाचार भईरहेको छ । हाल कोहलपुरमा रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपाचाई रहेको उपाध्यायको बाँकी उपचारको व्यवस्थापन नेपाल विद्यार्थी संघका निवर्तमान के्िरन्द्रय सदस्य कमल बहादुर शाहीले गर्दैन् । ८४ वर्षिय मैनसरा उपाध्यायको उपचारका दैलेख आठबीस नगरपालिकाकी उपप्रमुख दीपा बोहरा र गुराँस गाउँपालिकाकी उपप्रमुखको नेतृत्वमा १८ हजार आर्थिक संकलन गरी लोक प्रसाद आचार्यलाई हस्तान्तरण गरिसकेकी छन् । घाईते उपाध्यायका छोराहरु रोजगारीका लागि छिमेकी मुलुक भारतमा गएको र उपाचारका लागि कसैले सहयोग नगरेकोले आफ्नो व्यक्तिगत सहयोगमा दैलेखबाट कोहलपुर ल्याईएको नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय सदस्य लोक प्रसाद आचार्यले बताएका छन् । कोहलपुर मेडिकल कलेजमा उपाचार भईरहेको वृद्वाको बाँकी उपाचार खर्चको व्यवस्थापन आफुले गर्ने नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय सदस्य कमल बहादुर शाहीले बताएका छन् । साथै शाहीले आमाको उपाचारका लागि सहयोग गर्नु अनुरोध गरेका छन् ।

१४ चैत्र २०७५ मा प्रकाशित
Nabintech