प्रभात माविको स्वर्ण जयन्तीमा राष्ट्रपति आउँदै

पिपलबाेट संवाददाता


बाँकेको बैजनाथ–५मा रहेको प्रभात माध्यामिक विद्यालयको ५० औं वर्ष पुगेको अवसर (स्वर्ण जयन्ति)मा राष्ट्रपति विद्यादेवि भण्डारी आउने भएकी छिन् । बि.स. २०२५ सालमा स्थापना भएको विद्यालयको ५० वर्ष पुगेको अवसरमा स्वर्ण जयन्तिको प्रमुख अतिथिका रुपमा राष्ट्रपति भण्डारी आउने जनाईएको छ । विद्यालयमा शनिबार पत्रकार सम्मेलन गर्र्दै बाँकेमा हुन लागेको ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्न राष्ट्रपति आउन लागेको अवसरमा विद्यालयको स्वर्ण जयन्तीका लागि राष्ट्र प्रमुखलाई नै बलाउन लागिएको प्रभाव माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर सुनारले बताएका छन् । विद्यालयको स्वर्ण जयन्तीलाई भव्य रुपमा सम्पन्न गराउनका लागि राष्ट्रपति लगायत मन्त्री सांसदहरुको सहभागिता रहने उनले बताएका छन् । ‘विद्यालयलाई बाँकेकै नमूना विद्यालयका रुपमा विकास गर्नका लागि राष्ट्र प्रमुखलाई ल्याउ्रँदै छौं’ उनले भने ‘राष्ट्रपति जसरी पनि आउनु हुन्छ,त्यसको तयार करिब पुरा भएको छ ।’ कार्यक्रममा राष्ट्रपतिसँगै शिक्षा मन्त्री गिरीराजमणि पोखेल, शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राय, प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखे्रल, प्रदेश नं. ५का सामाजिक सुरक्षा मन्त्री सुर्दशन बराल, कृषि मन्त्री आरती पौडेल, सांसद, स्थानिय जनप्रतिनिधिहरुको सहभागिता रहने आयोजकले जनाएको छ । विद्यालयमा हाल १ हजार १९ विद्यार्थी रहेको छन् भने आगामि शैक्षिक सत्रमा १५ सय विद्यार्थीको संख्या पु¥याउने लक्ष्य लिईएको अध्यक्ष सुनारले जानकारी दिएका छन् । उनका अनुसार विद्यार्थीहरुको आवश्यकतालाई ध्यानमा राखेर विद्यालयले एउटा बस खरिद गरिसकेको र केहि दिन भित्र भारतबाट बस आई पुग्दैछ । विद्यालयको स्वर्ण जयन्ती कार्यक्रम सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । जस मध्ये आर्थिक उपसमितिको संयोजकमा दल बहादुर सुनार, स्तम्भ निर्माण तथा स्मारिका लेखन उपसमितिको संयोजकमा दल बहादुर सुनार, जन परिचालनको संयोकजमा मन बहादुर खत्री, प्रचार प्रसारको संयोजकमा दिपक जि.एम., झाँकी तथा नृत्यको संयोजकमा देव बहादुर रावत, मञ्च व्यवस्थापन र अतिथि सत्कारको संयोजकमा कुँवेर रिजाल र स्वयमसेवक तथा सरसफाई उपसििमतको संयोजकमा दिपेन्द्र शाह रहेको आयोजकले जनाएको छ ।
कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नका लागि सम्पूर्ण राजनीतिक दल, उद्योगि व्यापारी, बुद्विजीवि, समाजसेवि, शिक्षाप्रेमी, सुरक्षाकर्मी लगायत आम नागरिकहरुलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गरिएको छ । यहि २८ गते सम्पन्न गर्ने भनिएको कार्यक्रममा ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अगामि बैशाख पहिलो साताबाट सुरु हुने भएकोले बैशाख महिनामै स्वर्ण जयन्ति मनाउने तयारी गरिरहेको अध्यक्ष सुनारले जानकारी दिएका छन् ।

१७ चैत्र २०७५ मा प्रकाशित
Nabintech