सहकारीद्वारा उत्प्रेणामुलक कार्यक्रम सम्पन्न

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ । नेपाल नागरिक उद्यम सहकारी संस्थाको आयोजनामा एक दिने उत्प्रेणामुलक कार्यक्रम सम्पन्न सम्पन्न गरिएको छ । ‘लघु उद्यम विकास तथा साक्षरता सम्बन्धी’को भएको एक दिने उत्प्रेरणात्मक कार्यक्रममा बोल्दै प्रदेश सांसद आईपी खरेलले सहकारीहरुले देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सहकारी अब सामाजिक कार्यमा लाग्नुपर्ने बताएका छन् । सहकारी राज्यले तीन खुम्बे नीति नै भएकाले राज्यलाई आर्थिक रुपमा सम्पन्न बनाउनका लागि जनतालाई प्रत्यक्ष सहभागिता गराउनुपर्ने बताए । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका कार्यवाहक मेयर दिपकजंग शाहले स्थानिय सरकारले सहकारी मैत्री नीति लिएकाले सहकारीले स्थानिय सरकारले तय गरेका नीति नियमलाई आत्मासाथ गर्नुपर्ने बताए ।
नेपाल नागरिक उद्यम सहकारी संस्थाका अध्यक्ष ललित पहाडिको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कोहलपुरका यूवाहरुको सहभागिता रहेको थियो ।

१७ चैत्र २०७५ मा प्रकाशित
Nabintech