दुई दिने कार्यशाला गोष्ठी सुरु

पिपलबाेट संवाददाता


बाँकेको नेपालगञ्जमा दिगो विकासमा सहकारीको भूमिका तथा स्थानिय विकाससँग सम्बन्धीत विज्ञहरुसँग दुई दिने अन्र्तक्रिया कार्यशाला गोष्ठी सुरु भएको छ । ‘दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी’ भने मुल नाराका साथ नेपालगञ्ज उपमहानगरपालिका र जिल्ला सहकारी संघ बाँकेको आयोजनामा दुई दिने कार्यशाला गोष्ठी आईतबारबाट सुरु भएको छ । कार्यशाला गोष्ठीको उद्घाटन गर्दैै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले नेपालको आर्थिक विकासका लागि सहकारीहरुले महत्वपूर्ण योगदान पु¥याएको भन्दै सहकारीले अब आफ्ना शेयर सदस्यहरुलाई आत्मा निर्भर बनाउनुपर्नेमा जोड दिएका छन् । साथै उनले प्राविधिको विकाससँगै सहकारीको पनि विकास हुनुपर्ने भन्दै विश्वमा सहकारीमा भएका परिवर्तनहरु नेपालका सहकारीहरुले आत्मासाथ गर्नुपर्ने बताएका छन् । ‘सहकारीले जनता र राज्यले सम्बन्धलाई जोडिरहेको छ, जनतालाई प्रत्यक्ष रुपमा आर्थिक कारोबारमा सहकारीले नै प्र्राथमिकता दिएकाले राज्यले सहकारीमैत्री नीति लिन आवश्यक छ’ उनले भने ‘सहकारी राज्यको तीन खम्बे नीति अन्तर्गत समावेश रहेकोले सहकारी पारदर्शि र जनता प्रति उत्तरदायि हुनुपर्छ ।’ सहकारीको स्थापना कालदेखि नै आर्थिक क्षेत्रलाई प्रमुख आधार भएकोले सहकारीलाई अब उत्पादनमुखी बनाउन मेयर राणाले सुझाव दिएका छन् । साथै कार्यक्रममा सहकारी दिगोविकासका लागि सकरात्मक सोचको प्रभाव सम्बन्धी सुधान ज्ञवालीले कार्यपत्र पस्तुत गर्दै दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी नै प्रमुख माध्यम बनेको भन्दै सहकारीकर्मीहरुमा सकरात्मक सोचको विकास हुनुपर्ने बताएका छन् । त्यस्तै कार्यक्रममा दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी सम्बन्धी कार्यपत्र पस्तुत गर्दै नेफ्शुनका केन्द्रिय वरिष्ठ उपाध्याक्ष परीतोष पौड्यालले २०३० सम्मका लागि विश्वले लिएको दिगो विकास लक्ष्य प्राप्तीका १७ वटा नारालाई सहकारीले पुरा गर्नुपर्ने दायित्व आएको बताएका छन् । साथै उनले विश्वका सहकारीहरु प्राविधिमैत्री भईसकेकोले नेपालका सहकारीहरुले परम्परावादी सोचको अन्त्य गरी आधुनिक सहकारीको मोडललाई आत्मासाथ गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले बाँकेका सहकारीहरुलाई संगठित गर्न जिल्ला सहकारी संघको प्रमुख लक्ष्य लिएको बताउँदै सहकारीका अध्यक्ष र व्यवस्थापकले नयाँ नयाँ दृष्टिकोण अपनाउनुपर्ने बताएका छन् । साथै उनले सहकारीलाई जनताको भावना अनुसार सञ्चालन गर्न अध्यक्ष र व्यवस्थापकहरुको क्षमता अभिवृद्वि गर्नका लागि कार्यशाला गोष्ठीको आयोजना गरिएको बताएका छन् । कार्यशाला गोष्ठीको सहजिकरण जिल्ला सहकारी संघ बाँकेका प्रबन्धक सञ्चालक नवराज उपाध्यायले गरेका थिए भने कार्यशाला गोष्ठी सोमबारसम्म सञ्चालन हुनेछ । उक्त गोष्ठीमा बाँके जिल्लाका सहकारीका करिब दुई सय जना अध्यक्ष र व्यवस्थापकहरुको सहभागिता रहेको छ ।

१७ चैत्र २०७५ मा प्रकाशित
Nabintech