सहकारीको दुई दिने कार्यशाला गोष्ठी सम्पन्न

पिपलबाेट संवाददाता


बाँकेको नेपालगञ्जमा दिगो विकासमा सहकारीको भूमिका तथा स्थानिय विकाससँग सम्बन्धीत विज्ञहरुसँग दुई दिने अन्र्तक्रिया कार्यशाला गोष्ठी सोमबार सम्पन्न भएको छ । ‘दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी’ भने मुल नाराका साथ नेपालगञ्ज उपमहानगरपालिका र जिल्ला सहकारी संघ बाँकेको आयोजनामा दुई दिने कार्यशाला गोष्ठी सोमबार सम्पन्न भएको हो । कार्यशाला गोष्ठीको समापन कार्यक्रममा बाल्दै राष्ट्रिय सहकारी बैंककी केन्द्रिय सञ्चालक समितिकी सदस्य बिजया धितालले सहकारीको माध्यमबाट जनताको जीवन स्तरमा परिवर्तन ल्याउने सहकारीको प्राथमिकतामा रहेको भन्दै सहकारीको आधुनिकरणमा जोड दिन आवश्यक रहेको बताईन् । साथै उनले सहकारीको गुणात्मक विकासँगै परिणात्मक विकास गर्नुपर्ने भन्दै सहकारी माफर्त कृषिमा आधुनिकरण गर्न सुझाव दिएकी छिन् । प्रविधिको प्रयोग गर्दै आफ्नो शेयर सदस्यहरुलाई रोजगारीका कार्यक्रमहरु सिर्जना गर्नुपर्ने बताईन् । कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाकी सहकारी शाखा प्रमुख शोभा शाहले सहकारीहरुको सम्पूर्ण जिम्मेवारी स्थानिय सरकारलाई कानूनले अधिकार दिएकाले सहकारीको विकास र प्रवद्वनका लागिस्थानिय सरकारसँग सहकार्य गर्न आग्रह गरेकी छिन् । साथै उनले जिल्ला सहकारी संघ बाँकेसँग बाँकेका सबै स्थानिय निकायहरुले सहकार्य गरी बाँके जिल्लालाई सहकारीको नमूना जिल्लाका रुपमा चिनाउनुपर्ने बताईन् ।
कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले बाँकेका सबै्र सहकारीहरु अब नीति विधि र प्रविधि अनुसार सञ्चालन हुनुपर्ने भन्दै सहकारी कर्मीहरुलाई विभिन्न तालिमको आयोजना जिल्ला सहकारी संघ बाँकेले गर्ने बताएका छन् । साथए उनले बाँके जिल्लाका सबै सहकारीहरुले जिल्ला सहकारी संघ बाँकेसँग सहकार्य गरी जनतालाई प्र्रत्यक्ष फाईदा पुग्ने कार्यक्रमहरु ल्याउनुपर्ने भन्दै सबै सहकारीकर्मीहरुमा सकरात्मक सोचको विकास हुनुपर्ने बताएका छन् । सहकारीलाई जनताको भावना अनुसार सञ्चालन गर्न अध्यक्ष र व्यवस्थापकहरुको क्षमता अभिवृद्वि गर्नका लागि कार्यशाला गोष्ठीको आयोजना गरिएको बताएका छन् ।
साथै कार्यक्रममा साकाजि रुपान्तरणमा सहकारीको भूमिका सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै त्रिवि महेन्द्र्र बहुमुखी्र क्याम्पस नपालगञ्जका उप–प्राध्यापक भुवनेश्वर लामिछानेले सहकारीकोे प्रमुख उद्देश्य सहकारीका शेयर सदस्इहरुको आर्थिक सामाजिक र साँस्कृतिक विकास गर्नु रहेको बताए । साथै उनले एकल उद्देश्यीय, बहुउद्देश्यीय, उपभोक्ता सहकारी, औ्रद्योगिक तथा कृषि सहकारी र सहकारी कृषि गरी विभिन्न प्रकारका सहकारीहरु स्थापना भएको जानकारी दिएका थिए । सहकारीका विशेषता, महत्व, औचित्य, सिद्वान्तका बारेमा आफ्नो प्रस्तुती पस्तुत गरेका थिए ।
कार्यक्रममा त्यस्तै सहकार्रीमा ऋण व्यवस्थापन सम्बन्धी कार्य पत्र प्रस्तुत गर्दै जिल्ला सहकारी संघ बाँकेका प्रबन्धक सञ्चालक नवराज उपाध्यायले सहकारीको बुझाईमा समस्या, सहकारीमा ऋणको अर्थ, ऋण किन, ऋणका आधारभूत तत्वहरु, ऋण नीति, ऋण लगानी नीतिका निर्देशक सिद्वान्त, कर्जा सम्ब्रन्धमा निर्धारण गनुपर्ने विषय, ऋणका प्रकार, ऋण अनुसन्धान लगायतका विषयमा प्रस्तुती राखेका थिए । साथै उनले अब सहकारीहरुले ऋण लगानी गर्दा शेयर सदस्यहरुलाई आत्मानिर्भर बनाउने खालका योजनाहरु भए मात्र ऋण लगानी गर्न सुझाव दिएका छन् । उक्त गोष्ठीमा बाँके जिल्लाका सहकारीका करिब दुई सय जना अध्यक्ष र व्यवस्थापकहरुको सहभागिता रहेको छ ।

१८ चैत्र २०७५ मा प्रकाशित
Nabintech