शहरी विकास मन्त्री ईस्तियाक राईले सहकारीमा जनताको बढ्र्दै गएको बताएका छन् । ‘दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी’ भने मुल नाराका साथ बाँकेको नेपालगञ्जमा सम्पन्न भएको ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बोल्दै मन्त्री राईले जनताले प्र्रत्यक्ष रुपमा आर्थिक कारोबार गर्ने सहकारी भएकाले पछिल्लो समय सहकारी प्रति जनताको विश्वास बढ्दै गएको बताएका छन् । मन्त्री राईले सहकारीको विकास र प्रवद्वनका लागि केन्द्रिय सरकारले सहकारी मैत्री नीतिलाई आत्मासाथ गरेको बताउँदै सहकारीले जनताको भावना अनुसार आफ्नो कार्यहरु गर्नुपर्ने बताएका छन् । जिल्ला सहकारी संघले प्रयोग गर्दै आईरहेको ३ कठ्ठा १६ दुर जग्गा शहरी विकास मन्त्रालयको नाम रहेको जग्गा केहि दिन भित्र जिल्ला सहकारी संघको नाममा पास गर्ने प्रतिवद्वता जनाएका छन् । ‘जिल्ला सहकारी संघको नाममा जग्गा पास हुन्छ्, तपाईहरु ढुक्क हुनुहोस्’ उनले भने । साथै उनले बाँके जिल्लाको भौतिक विकासका लागि शहरी विकास मन्त्रालयबाट अबौं बजेटहरु छुट्याएको भन्दै नेपालको नमूना जिल्लाका रुपमा विकास गर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै नेकपा जिल्ला कार्यदल सदस्य गोपाल गिरीले सहकारीहरु संगठित भई समाज रुपान्तरण गर्न लाग्नुपर्ने बताएका छन् । साथै अर्को जिल्ला कार्यदल सदस्य अक्कल बहादुर बमले सरकारले लिएको समृद्व नेपाल, खुशी नेपालीको नारालाई पुरा गर्ने सहकारी भरपर्दै माध्यम बनेको बताउँदै राज्यले सहकारी मैत्री नीति लिन आवश्यक रहेको बताएका छन् । त्यस्ते कार्यक्रममा बोल्दै नेपाली काँग्रेस जिल्ला पार्टी सचिव कपिलदेव शर्माले लोकतन्त्रलाई बलियो र स्थायी बनाउनका लागि सहकारीले जनतालाई आर्थिक गतिविधिमा सक्रिय बनाउन आवश्यक रहेको बताएका छन् । आर्थिक क्रान्तिका लागि सहकारीले जनतालाई अग्रसर गराएको भन्दै सहकारीले गाउँको उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । संघिय समाजवादी फोरम जिल्ला अध्यक्ष कमरुद्विन राईले देशको राजनीतिक परिवर्तन सँगै आर्थिक परिवर्तनका लागि सहकारी प्रमुख माध्यम भएको भन्दै किसानलाई सहकारी मार्फत आत्मानिर्भर बनाउनुपर्ने बताएका छन् ।
कार्यक्रममा जिल्ला सहकारी संघ बाँकेका गतिविधिहरुका बारेमा जानकारी दिँदै जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले बाँकेको सहकारी अभियानले जनताको विश्वास जितेको बताउँदै बाँकेका सहकारीहरु उत्पादन मुखी बन्दै गएको बताएका छन् । साथै उनले पछिल्लो समय बाँके सहकारीहरु नीति विधि र प्रविधि अनुसार सञ्चालन भईरहेको जानकारी दिँदै राज्यले सहकारीको भावना अनुसार नै आफ्ना नीति नियमहरु बनाउनुपर्ने बताएका छन् । बाँके जिल्ला रहेको सहकारीले दैनिक उपभोग्य बस्तुहरु उत्पादनमा जोड दिँदै आईरहेको बताउँदै सहकारीले आफ्ना शेयर सदस्यहरुको आर्यआर्जन वृद्विका लागि विभिन्न कार्यहरु गर्दै आईरहेको बताएका छन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंककी केन्द्रिय सञ्चालक सदस्य विजया धितालले नेपालको आर्थिक विकासका लागि सहकारीहरुले महत्वपूर्ण योगदान पु¥याएको भन्दै सहकारीले अब जनताको जीवनस्तरलाई परिवर्तन गर्नका लागि विभिन्न खाले योजनाहरु सञ्चालनमा ल्याउनुपर्ने बताईन् । कार्यक्रममा बोल्दै केन्द्रिय कृषि सहकारी संघका सञ्चालक समितिका सदस्य देव बहादुर केसीले सहकारीले जनता र राज्यले सम्बन्धलाई जोडिरहेको भन्दै जनतालाई प्रत्यक्ष रुपमा आर्थिक कारोबारमा सहकारीले नै प्र्राथमिकता दिएकाले राज्यले सहकारीमैत्री नीति लिन आवश्यक रहेकोमा जोड दिएका छन् ।
साथै ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारी बाँके जिल्लामा रहेका सहकारी र सहकारीकर्मीहरुलाई सम्मान गरिएको छ । सहकारीकर्मीहरुमा यस वर्ष उत्कृष्ट हुनेमा गृहेणी बहुउद्देश्यीय सहकारी संस्थाकी व्यवस्थापक दिपीका थापा, साना किसान तथा कृषि सहकारी संस्थाको तर्फ यदुनाथ शर्मा र माता बागेश्वरी सहकारी संस्थाका व्यवस्थापक अम्बिका काफ्लेलाई उत्कृष्ट सहकारीकर्मी रुपमा सम्मान गरिएको थियो । त्यस्तै बाँके जिल्लामा रहेका सहकारीहरुबाट महिला समाजसेवा बचत तथा ऋण सहकारी संस्था कोहलपुर, चुलिमालिका कृषि सहकारी संस्था बैजनाथ, सहकारी संस्था लि. कोहलपुर उत्कृष्ट सहकारीका रुपमा सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा बाँके जिल्लाका सबै भन्दा धेरै रक्तदान गरेका सहकारीहरु रारा विजय बहुउद्देश्यीय सहकारी संस्था कोहलपुर, सहकारी संस्था लि. कोहलपुर (साँझा), माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. नेपालगञ्ज लगायतका संस्थाहरुलाई सम्मान गरिएको थियो । जिल्ला सहकारी संघ बाँके अध्यक्ष प्रेम सुवेदीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सहजिकरण जिल्ला सहकारी संघका प्रबन्धक सञ्चालक नवराज उपाध्यक्ष र सहकारीकर्मी कल्पना कार्कीले गरेकी थिईने भने कार्यक्रममा स्थानिय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि लगायत सहकारी कर्मीको सहभागिता रहेको थियो ।