नमस्ते नेपाल यातायात सेवा प्रा.ली द्धारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

पिपलबाेट संवाददाता


नमस्ते नेपाल यातायात सेवा प्रा.ली कोहलपुरले नयाँ वष २०७६ को शुभ अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम समपन्न गरेको छ ।
नमस्ते नेपाल यातायात सेवा प्रा.ली कोहलपुरले शनिबार प्रा.लीको आफ्नै कार्यक्रय प्ररिसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रमा नेपाल यातायात व्यावसायी महासंघका पूर्व केन्द्रिय अध्यक्ष डोलराज खनाल ,बागेश्वरी यातायात व्यावसायी समितिका अध्यक्ष मन प्रसाद आचार्य , पुर्व पश्चिम यातायात व्यावसाय समितिका अध्यक्ष धन वहादुर पुन , वरिष्ट अधिवत्ता प्रलाद वहादुर कार्की,सिद्ध कैलास यातायात प्रा.लिका अध्यक्ष खुम वहादुर खड्का , यातायात व्यावसायी महासंघका जिल्ला समन्वय समिति सदस्य लुट वाहदुर के.सी ,बागेश्वरी यातायात व्यवसायी समितिका कोषाध्यक्ष ज्ञानु खनाल ,नमस्ते नेपाल यातायात सेवा प्रा.लिका कानूनी सल्हाकार इश्वरी प्रसाद ज्ञवाली ,नमस्ते नेपाल यातायात व्यावसायी सेवा प्रा.लीका समस्या समाधान कोषका संयोजक शिव डाँगी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमा शुभकामना प्रदान गर्ने सवै अतिथिहरुले अहिले जसरी सरकारले यातायात व्यवसायीहरु आक्रमण गर्ने प्रयास गरेको छ यसले यातायात व्यवसायीहरु मर्कामा परेको वताए । यस्तै सरकार र यातायात व्यवसायि राष्ट्रिय महासंघ विच भएको सहमतिले केहि भएपनि यातायात व्यावसायीहरु लाई एउटै छाता मा रहन सक्ने व्यवस्था गरेकोले केहि भएपनि राहातको महशुस गरेको वताए । सरकारले अहिले प्रालिमा १०० सय भन्दा बढि शेयर सदस्य रहन सक्ने व्यवस्था गरेकोले पनि व्यावसायी विचको एकता कार्यम रहन सक्ने वक्ताहरुको जोड थियो । कार्यक्रमको सभापतित्व नमस्ते नेपाल यातायात सेवा प्रा.लीका अध्यक्ष निम वहादुर चलाउनेले गरेका थिए । कार्यक्रमा बोल्दै अध्यक्ष चलाउनेले भने जहिले भए पनि सरकारले लगाएको नियम लाई मानेर नै हामी सेवा ग्राहिहरु अगाडि वढ्नुको कुनै विकल्प नरहेको वताए । उनले भने हिजो समितिमा रहेका सवै साथिहरु प्रा.लिमा आवद्ध हुन समेत आग्रह गरे । अहिलेको समस्या समाधान गर्ने र व्यावसायीहरुका माग पुरा गर्ने सवै यातायात व्यवसायी एक ठाँउमा रहन आवश्यक रहेको
वताए ।

२३ चैत्र २०७५ मा प्रकाशित
Nabintech