प्रदेश नं. ५ सहकारी संघको अध्यक्षमा सुवेदी

पिपलबाेट संवाददाता


प्रदेश नं. ५ सहकारी संघको तदर्थ संचालक समितिको अध्यक्षमा जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम प्रसाद सुवेदी सर्वसम्मत चयन भएका छन् । बाँकेको कोहलपुरमा भएको प्रदेश नं. ५ को प्रादेशिक सहकारी ऐन छलफल एवम् प्रदेश सहकारी संघ गठन कार्यशाला गोष्ठिले सुवेदीको नेतृत्वमा १३ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । प्रदेश नं. ५ का १२ वटा जिल्लाका जिल्ला सहकारी संघ र विषयग सहकारी संघका प्रतिनिधिहरुको भेलाले प्रदेश नं. ५ सहकारी संघ सञ्चालक समितिको उपाध्यक्षमा विष्णु प्रसाद पौडेल (नवरपरासी), सचिव रुप बहादुर खत्री (दाङ), कोषाध्यक्ष कृष्ण बहादुर जिसी (पाल्पा) सर्वसम्मत चयन भएको छन् । त्यस्तै सदस्यहरुमा एकता शाह (बाँके), कर्ण बहादुर बाठा मगर (रोल्पा), यम बहादुर थापा (गुल्मी), प्रकाश भट्टराई (रुपन्देही), तेज प्रसाद आचार्य (कपिलबस्तु), जीवलाल न्यौपाने (प्युठान), बाल कृष्णा आचार्य (अर्घाखाँची) र लक्ष्मी प्रसाद शर्मा (बर्दिया) चनय भएका छन् ।
अध्यक्षमा चयन भएपछि बोल्दै प्रदेश नं. ५ सहकारी संघका अध्यक्ष प्रेम प्रसाद सुवेदीले समितिले केहि समय भित्र विनियम मस्यौदा समिति गठन गर्ने, संघको कार्ययोजना तथा सभाव्यता प्रतिवेदन निर्माण गर्ने, संघलाई दर्ता गर्ने कार्यलाई प्राथमिकता दिने बताएका छन् । साथै उनले प्रदेश नं. ५ का सहकारीको विकास र प्रवद्वनका लागि सब्रैसँग सहकार्य गरी अगाडि बढ्र्ने प्रतिवद्वता जनाएका छन् । त्यस अघि उद्घाटन सत्रमा बोल्दै प्रदेश नं. ५ की भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश सरकारले सहकारीमैत्री ऐन ल्याउन लागेको भन्दै सहकारी ऐनलाई संशोधन गर्नुपर्ने कतिपय बुँदाहरु संशोधन गर्न मन्त्रालय तयार रहेको बताईन् । साथै उनले समृद्विको प्रमुख आधार नै सहकारी भएको भन्दै सहकारीले विभिन्न खाले उत्पादनमुखी कार्यक्रमहरु ल्याउनु पर्ने बताईन् । जिल्ला सहकारी संघ बाँकेको आयोजना, राष्ट्रिय सहकारी्र महासंघको समन्वय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. ५ को सहकार्यमा सम्पन्न भएको कार्यक्रममा प्र्रदेश नं. ५ का सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने कार्यक्रममको सहजिकरण जिल्ला सहकारी संघ बाँकेका प्रब्रन्धक सञ्चाकल नवराज उपाध्यायले गरेका थिए ।

२३ चैत्र २०७५ मा प्रकाशित
Nabintech