प्रदेश नं. ५ की भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले देशको समृद्विको प्रमुख आधार सहकारी भएको बताएकी छिन् । बाँकेको कोहलपुरमा भएको प्रदेश नं. ५ को प्रादेशिक सहकारी ऐन छलफल एवम् प्रदेश सहकारी संघ गठन कार्यशाला गोष्ठिमा बौल्दै मन्त्री पौडेले नेपाली जनताको समृद्विका सपना पुरा गर्नका लागि सहकारी प्रमुख माध्यम भएको भन्दै प्रदेश सरकार सहकारीको भावना अनुसार नै आफ्ना योजनाहरु ल्याउन लागेको बताएकी छिन् । ‘प्रदेश नं. ५ को सहकारले सहकारी ऐन ल्याउँदैछ, हामीले सहकारी मैत्री ऐन ल्याउँदै छौं’ उनले भनिन् ‘प्रदेश सरकारले ल्याउन लागेको ऐनलाई सहकारी मैत्री बनाउनका लागि सहकारीका विज्ञहरुसँग व्यापाक छलफल गरिरहेका छौं, अझै आवश्यक संशोधन गर्नु कतिपय कुराहरु संशोधन गर्न तयार छौं ।’ साथै उनले सहकारीले समाजमा सद्भाव कायम गरिरहेको भन्दै सहकारीले जनतालाई आत्मानिर्भर बनाउने योजना ल्याए प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्वता समेत व्यक्त गरेकी थिईन् ।‘कुनै पनि योजना साझेदारी गर्नका लागि सहकारी पहिलो प्राथमिकतामा छ’ उनले भनिन् ‘प्रदेश सरकारले सहकारी बजार स्थापना गर्न लागि रहेको छ, तपाईहरुले साथ दिनुपर्ने हु्रन्छ ।’ प्रदेश सरकारले सहकारीको माध्यमबाट प्रदेश भित्रका स्रोतको पहिचान गरी प्रदेशको विकासमा जोड दिनुपर्ने भन्दै सहकारीसँगै सहकार्य गरी प्रदेश नं. ५ लाई समृद्व बनाउनुपर्नेमा जोड दिएकी छिन् । कतिपय सहकारीहरुले व्यवस्थापकिय कमजोरीका कारण सबै सहकारी प्रतिको विश्वास गुम्ने भन्दै गलत कार्य गर्ने सहकारीकर्मीको पहिचान गरी आवश्यक सुधारका कार्यहरु गर्न पहल गर्नुपर्ने बताईन् । साथै उनले प्रदेश नं. ५ को भरपर्दो साथीका रुपमा प्रदेश सरकारले सहकारीलाई छनौट गरेको भन्दै सहकारीहरुले आर्थिक विकास र जनतालाई आत्मा निर्भर बनाउन सहकार्य सहितको सहयोग गर्न अनुरोध गरेकी छिन् ।
कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं. १ (क)प्रदेश सभा सदस्य कृष्ण केसी नमूनाले सहकारीको माध्यमबाट देशको विकास सम्भव हुने भन्दै सहकारीलाई विकासको मोडलका रुपमा हेरिनु पर्ने बताईन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले सहकारी सम्बन्धी ज्ञान प्राप्त गरेका कर्मचारीहरुलाई संघिय सरकारले स्थानिय सरकारलाई उपलब्ध नगराउँदा सहकारी सम्बन्धीका विभिन्न कार्यहरुमा समस्या आई रहेको बताएका छन् । साथै उनले सहकारी सम्बन्धीको सम्पूर्ण अधिकारी स्थानिय तहलाई दिए पनि दक्ष जनशक्ति नहुँदा सहकारीको विषयमा केहि गर्न नसकिएको स्वीकार गरेका छन् ।
कार्यक्रममा सहकारी अभियान र सहकारी ऐन तथा नियमावली सम्बन्धी कार्यक्रम पत्र प्रस्तुत गर्दै राष्ट्रिय सहकारी संघ लि.का वरिष्ठ उपाध्याक्ष मिनराज कडेलले दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी नै प्रमुख सहयोगि बन्नुपर्ने भन्दै सहकारीले सन् २०३० सम्म देशको आर्थिक विकासमा टेवा पु¥याई दिगो विकास लक्ष्य प्राप्तीका लागि केहि सहयोग गर्नुपर्ने बताए । साथै उनले सहकारी ऐन २०७्र४ मा संशोधन गर्ने पर्ने विषयका बारेमा जानकारी समेत गराएका थिए। कार्यक्रममा प्रदेश नं. ५ मा तथ्याङ्कमा कृषि, पशु पक्षि तथा सहकारीको वर्तमान अवस्था र आर्थिक वर्ष २०७५÷०७६ को सहकारी सम्बन्धी कार्यक्रमको कार्य पत्र सहकारी प्रशिक्षालय नेपालगञ्जका प्राचार्य ्रश्रीकृष्ण नेपालले प्रस्तुत गरेका थिए भने प्रदेश नं. ५ को प्रस्तावित सहकारी ऐन र मुल मुद्वाहरुले प्रकाश सम्बन्धी कार्य पत्र राष्ट्रिय सहकारी महासंघ लि.का नायव महाप्रबन्धक बाबुल खनालले प्रस्तुत गरेका थिए । साथै प्रदेश स्तरीय संघको आवश्यकता अन्तर्गत व्यवसायिक, नीतिगत, समन्वय, प्रशिक्षण, तालिम आदिका बारेमा राष्ट्रिय सकारी महासंघ लि.का सञ्चालक मित्र प्रसाद तुलाचनले कार्यपत्र प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा प्रदेश न्रं. ५ सहकारी सम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक माथि समूहगत रुपमा छलफल गरि संशोधन गर्नुपर्ने बुँद्वाहरुलाई समावेश गर्न सुझाव दिईएको थियो । जिल्ला सहकारी संघ बाँकेको आयोजना, राष्ट्रिय सहकारी्र महासंघको समन्वय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. ५ को सहकार्यमा सम्पन्न भएको कार्यक्रममा प्र्रदेश नं. ५ का सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने कार्यक्रममको सहजिकरण जिल्ला सहकारी संघ बाँकेका प्रब्रन्धक सञ्चाकल नवराज उपाध्यायले गरेका थिए ।