नेपाल शिक्षक संघको २१ औं जिल्ला प्रतिनिधी सभा नेपालगन्जमा शनिबार सम्पन्न भएको छ । संघका अध्यक्ष बिरेन्द्र यादवको सभापतित्वमा सम्पन्न उक्त सभामा बोल्ने बक्ताले शिक्षकको योगदानलाई राज्यले मुल्यांकन नगरेको गुनासो गरे । उनीहरुले लामो समयदेखी सेवा गर्दै आएका शिक्षकहरु अहिले शिक्षक सेवा आयोगको परिक्षामा उतीर्ण नभएकै कारण खाली हात घर फर्किनु परेको बताए ।
सभामा नेपाल शिक्षक संघ प्रदेश ५ का अध्यक्ष अर्जुन योगी, सल्लाहकार ललिता उपाध्याय, नेपाली कांग्रेस बाँकेका पुर्वसभापति युवराज शर्मा, जिल्ला सचिव कपिलदेव शर्मा, क्षेत्र नम्बर १ का सभापति माधवराम खत्री, नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका अध्यक्ष रामबहादुर मल्ल, सचिव तोजिन्द्र बिक, पुर्व्शिक्षकद्धय बलराम यादव, कृष्णा पाठक लगायतले बोलेका थिए । उक्त सभामा संघका जिल्ला कार्यसमिति पदाधिकारी तथा जिल्लाका ८ वटै स्थानीय तहबाट शिक्षक प्रतिनिधीहरु सहभागी हुन आएका थिए ।