१० दिने प्रशिक्षिक प्रशिक्षण तालिम शुरु

पिपलबाेट संवाददाता


बा्रँकेको कोहलपुरमा निडेड टेिक्नकल कलेजको आयोजनामा आप्mनो व्यबसाय सुरु तथा सुधार गर्नु होस भन्ने भनाईका साथ १० दिने प्रशिक्षिक प्रशिक्षण तालिम शुरु गरिएको छ । तालिममा बैजनाथ गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष राम चरण थारुको प्रमुख आथित्यतामा उद्घाटन गर्दै वडा अध्यक्ष रामचरण थारुले तालिम सिकेर मात्र भन्दा पनि व्यबहारमा उतार्न सम्पुर्ण विद्यार्थीलाई आग्रह समेत गरेका थिए ।उतm तालिमा औधोगिक व्यवसायिक विकास प्रतिष्ठान योजना शाखा प्रमुख इस्वरी शर्मा, शालिकराम डागी, ललित पहाडि, बिरेन्द्र सुबेदि लगाएतको अथिति रहेका थिए । निडेड टेक्निकल कलेजका का संचालक रुद्र बहादुर बोहराको सभापतित्वमा सम्पन्न गरिएको तालिममा उतm कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो । दश दिन सम्म संचालन हुने उतm तालिम प्रशिक्षक इश्वरी शर्मा र तेज कुमार बिसीले प्रशिक्षण दिने बताईएको छ । तालिममा ३५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

२४ चैत्र २०७५ मा प्रकाशित
Nabintech