जनता माविको ५९ औ वार्षिक उत्सव सम्पन्न

पिपलबाेट संवाददाता


बाँकेको राप्तीसोनारी गाउँपलिका ९ बुचापुर स्थित जनता माध्यामिक विद्यालयको ५९ औ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सोमबार सम्पन्न भएको छ । वार्षिक उत्सवको राप्तीसोनारी गाउँपलिका वडा नं ९ का वडासदस्य पुर्ण बहादुर वलीले उद्घाटन गरेका थिए । उद्घाटनसत्रमा बोल्दै प्रमुख अतिथि वलीले जनता मा वि ले गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको बतााउदै विद्यार्थीहरुको मनोभावना बुझेर शिक्षण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका शिक्षक डिल बहादुर वली विद्यालयको शैक्षिक विकासका लागी विद्यार्थी,शिक्षक र विद्यार्थीहरुको त्रिकोणात्मक र सम्बन्ध राम्रो हुन आवश्यक रहेको बताए । सो अवसरमा विद्यालयका प्रधानाध्यापक भद्र बहादुर के.सीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी शैक्षिक सत्र २०७६का लागी करिब ५४ लाख ५० हजार १ सय ८१ रुपैया बराबरको अनुमानित आयव्यय प्रुस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा शैक्षिक सत्र २०७५ को वार्षिक नतिजा प्रकाशन गर्नुका साथै उत्कुष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
सो अवसरमा विद्यालयका विद्यार्थीहरुले विद्यार्थीहरुले विविध सांस्कृति प्रस्तुतिहरु समेत प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पत्रसिह के.सीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा ढकेरी उद्दैन खानेपानी तथा सरसफाई समितिका अध्यक्ष लक्षीराम के.सी झिझरी बागेसाल जल उपभोक्ता समुहका अध्यक्ष डम्बर शाही, प्रगतिशिल मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दल बहादुर खड्का सनराईज ई.मी स्कुलका प्रिन्सिपल सागरदत्त गौतम शिक्षक अभिभावक विद्यार्थी लगायतको सहभागीता रहेको थियो ।

२५ चैत्र २०७५ मा प्रकाशित
Nabintech