बागेश्वरी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पसका वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ । बागेश्वरी बहुमुखी क्याम्पस अभ्यास शिक्षण विद्यार्थी शिक्षक समूह एम.एड दोस्रो वर्षले आयोजना गरेको ‘वर्तमान शिक्षा र रोजगारी’ शिर्षकको वक्तृत्वकला प्रतियोगितामा एकेन्द्र थापा प्रथम, मोहन खत्री द्वितीय र दीपा जैसी तृतीय भएकी छिन् । प्रतियोगितामा १६ जना विद्यार्थीहरुले भाग लिएका थिए । कार्यक्रममा बोल्दै बागेश्वरी क्याम्पस कोहलपुरका क्याम्पस प्रमुख शिशिर कुमार शर्माले शिक्षाले मानविय जीवनलाई सरल र सहज बनाउने भएकाले आधुनिक र विश्व परिवेश अनुसारको शिक्षा हुन आवश्यक रहेको बताएका छन् । साथै उनले सहि शिक्षा आर्जन गरेको खण्डमा रोजगारी प्राप्त गर्न सकिने भन्दै गुणस्तरीय शिक्षाले मात्र दक्ष जनशक्ति उत्पादन हुने बताएका छन् । कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका सहायक डिन रवि किरण अधिकारीले शिक्षाशास्त्र संकायले नेपालको शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै शिक्षा शास्त्रको गरिमालाई बचाउन सबै लाग्नुपर्ने बताएका छन् । साथै उनले सैद्वान्तिक शिक्षासँगै प्राविधिक र व्यवसायिक शिक्षाको आवश्यकता परेको बताएका छन् । कार्यक्रममा बोल्दै बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका अभ्यास शिक्षण प्रमुख तोयानाथ पहाडिले विद्यार्थीहरुको अन्र्तनिहित क्षमतालाई बाहिर ल्याउनका लागि यस्ता प्रतियोगिताहरु आयोजना गरिनुपर्ने भन्दै पाठ्यक्रमले तोकेको विषयवस्तुसँगै अन्य गतिविधिहरुमा सहभागि भए विद्यार्थीहरुको क्षमता बढ्ने बताएका छन् । कार्यक्रममा बोल्दै अभ्यास शिक्षण विद्यार्थी शिक्षक समूहका संयोजक राम प्रसाद पाण्डेले प्रतियोगितामा स्थाल हासिल गर्नु मात्र नभएर सहभागिता जनाउनु नै महान भएको भन्दै विद्यार्थीहरुको क्षमता विकासका लागि अन्य कार्यक्रमहरुको पनि आयोजना गरिने बताएका छन् । साथै उनले प्रतियोगिता सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका प्रति धन्यवाद समेत व्यक्त गरेका थिए । प्रतियोगिताका निर्णयक मण्डलमा क्याम्पसका प्राध्यापकद्वय एकराज शर्मा, खोपिराम वली र प्रमोद सुवेदि रहेका थिए । कार्यक्रममा नेपाली विभागका प्रमुख पुस्करनाथ रिजाल, दान बहादुर हमाल, ललित प्रकाश चन्द, नविनकिशोर रत्न लगायत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

२७ चैत्र २०७५ मा प्रकाशित
Nabintech