एक महिने सिलाई कटाई तालिम सूरु

पिपलबाेट संवाददाता


बाँकेको बैजनाथ गाउँपालिका—६ स्थित लालपुरमा बिहिबारदेखी एक महिने सिलाई कटा्रई तालिम सुरु भएको छ । तालिमको बैजनाथ गाउपलिका वडा न.६ का वडाध्यक्ष भद्र बहादुर बस्नेतले उद्घाटन गरेका थिए । तालिमको उद्घाटन सत्रमा बोल्दै वडाध्यक्ष बस्नेतले तालिममा सिकेका कुराहरु व्यवहारमा लागुु गरेमा मात्र तालिमको सार्थकता रहने बताए । साथै उनले आफुले सिकेको सिप सदुपयोग गर्न सकेमा आर्थिक भार कम पर्ने बताए । वडा स्तरिय दलित संजाल वडा नं ६ को आयोजनामा तथा वडा कार्यालयको सहयोगमा संचालन गरिएको तालिममा बोल्दै बैजनाथ गाउँपालिका समाजिक विकास समिति संयोजक गुमान बहादुर दमाईले राज्यले दलित समुदायका लागी व्यवस्था गरेको बजेटबाट उनीहरुको स्तरमा सुधार हुनुपर्नेमा जोड दिए ।
त्यस्तै कार्यक्रममा बोल्दैे बैजनाथ गाउँपालिका विद्यायक समितिका सदस्य मेघ बहादुर सुनारले आधारभुतको तालिमले सामान्य घरपरिवारका कपडा सिलाई गर्न मात्रै सकेपनि ठुलो उपलब्धी हुने बताए । तालिममा बैजनाथ गाउँपलिका वडा नं ६ का १५ जना महिलाहरुको सहभागीता रहेको छ । वडा स्तरिय दलित संजाल वडा नं ६ का अध्यक्ष लाल बहादुर सुनारको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बैजनाथ गाउँपालिका वडा नं ६ का वडासदस्य भानुभक्त वि.सी दयाराम थारु,पुतली हमाल,पुतली बि.क लगायतले शुभकामना मन्तव्य राखेका थिए । तालिममा प्रशिक्षिक तृप्ता मल्लले प्रशिक्षण दिने आयोजकले जनाएको छ । तालिममाको उद्घाटनसत्र वडा स्तरिय दलित संजाल वडा नं ६ की सचिव शिला परियारले संचालन गरेकी थिईन ।

२८ चैत्र २०७५ मा प्रकाशित
Nabintech