नेरा माविमा खेलमैदानको व्यवस्था गर्न माग

पिपलबाेट संवाददाता


बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ३ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यामिकमा खेलमैदानको व्यवस्थापन गर्न माग गरिएको छ । नेरा माविको वार्षिक परीक्षा २०७५ को समिक्षा, शैक्षिक गुणस्तर वृद्वि, शैक्षिक सत्र २०७६ को भर्ना तथा अभिभावक भेलाको अवसर पारी विद्यालयका प्र.अ.चन्द्र न्यौपानेले विद्यालयको छेउमा इलाका प्रहरी कार्यालय नौबस्ताको भवन बन्दै गर्दा विद्यालयलाई विभिन्न असर पर्ने र विद्यार्थीहरुलाई खेल्नको लागि खेल मैदान अभाव भएकोले तत्काल स्थानिय सरकारले स्कुलको खेलमैदानको व्यवस्थापनका लागि पहल गर्न अनुरोध गरेका छन् । साथै उनले हाल विद्यालयले कक्षा ५ सम्म अंग्रेजी माध्यममा पठन गरिरहेको , बालविकास, कक्षा १ र २ मा श्रव्यदृश्य सामाग्रीको माध्यमबाट पनि पढाइ भइरहेको साथै प्रत्यक कक्षाकोठामा सिसि क्यामेराको व्यवस्था समेत गरिएको, विद्यार्थीहरुलाई प्रयाप्त मात्रामा कम्प्युटर ल्याबको व्यस्था, पठनपाठनका लागि पुस्तकालयको पनि व्यवस्था गरिएको र प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप सञ्चालन गरि विद्यार्थीको आन्तरिक प्रतिभालाई प्रस्फुटन गर्न शिक्षक शिक्षिकाहरु लागि परेको बताएका छन् । कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले बैजनाथ गाउँपालिकाको शैक्षिक विकासका लागि विद्यालयले महत्वपूर्ण भूमिका खेलेको बताउँदै विद्यालयको गुणस्तरीय शिक्षाका लागि स्थानिय सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् । विद्यालयमा प्राविधिक शिक्षालाई जोड्नका लागि आवश्यक स्र्रोत र साधनको व्यवस्थाका लागि सहयोग गर्न सबैमा अनुरोध गरेका थिए । साथै उनले बैजनाथ गाउँपालिकाकाले आधारभूत तह सम्म निःशूल्क गराउने निर्णय गरिएको जनाकारी दिँदै विद्यालयले आधारभूत तहसम्म कुनै पनि शूल्क नलिन सुझाव समेत दिएका थिए । कार्यक्रममा वडा अध्यक्ष राम चरन, सरस्वती आधारभूत विद्यालयका प्र.अ. पृश्वी खड्का लगायत विद्यालयका अभिभावक, शिक्षक, कर्मचारी र विद्यार्थीहरुको सहभागिता रहेको विद्यालयका प्र.अ. चन्द्र न्यौपानेले जानकारी दिएका छन् ।

२९ चैत्र २०७५ मा प्रकाशित
Nabintech