कोहलपुर एफएमद्वारा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा रहेको सामुदायिक रेडियो कोहलपुर एफएमले नव वर्ष २०७६ को अवसरमा विशेष बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय कला सांस्कृतिको संरक्षण सम्वद्र्वन तथा स्थानीय प्रतिभाहरुको पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं. १का सांसद महेश्वर गहतराज अथकले समाज रुपान्तरणमा सादुयिक रेडियोह्ररुले महत्वपूर्ण भूमिका खलेको बताएका छन् । साथै उनले नेपालको राजनीतिक परिवर्तनमा सञ्चार क्षेत्र उल्लेखनिय योगदान पु¥याएको भन्दै अब सञ्चार क्षेत्रले जनताका मुद्वाहरुलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्य कृष्ण केसी नमूनाले जनताका आवश्यकताहरुलाई राज्यको निकायसम्म पु¥याउने माध्याम नै सञ्चार क्षेत्र भएकाले सञ्चारजगतबाटै साँस्कृतिको संरक्षण गर्नुपर्ने बताईन् । कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले व्यापार व्यवसायिक हक र हितका लागि सञ्चार क्षेत्र सँग सहकार्य गरिरहेको बताएका छन् । साथै उनले कोहलपुर क्षेत्रको विकास र समृद्विका सामुदायिक रेडियो कोहलपुर एफ एमले महत्वपूर्ण योगदान पु¥याएको बताएका छन् । कार्यक्रममा बोल्दै सामुदायिक रेडियो कोहलपुर एफएमका संस्थापक अध्यक्ष भानुभक्त भट्टराईले कोहलपुरको पहिचान नै सामुदायिक रेडियो भएकोले सामुदायिक रेडियो कोहलपुर एफएमलाई स्थानिय सरकारले सञ्चालन गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका सामाजिक विकास संयोजक नारायणि वलीले स्थानिय सरकारले स्थानिय सञ्चार माध्यमको विकास र सम्बद्र्वन गर्न तयार रहेको बताए । कार्यक्रममा बोल्दै सामुदायिक रेडियो कोहलपुर एफएमका प्रबन्धक तेज प्रसाद अधिकारीले यस क्षेत्रको विकासका लागि सबै सँग रेडियो सहकार्य गर्न तयार रहेको बताएका छन् । साथै कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका टिकापुन, गायक कृष्ण रेउले, र सपना शाहीको विशेष प्रस्तुती रहेको थियो । कार्र्यक्रममा सहयोग गर्ने सहयोगदाता तथा विज्ञापनदातालाई समेत सम्मान गरिएको थियो ।

१ बैशाख २०७६ मा प्रकाशित
Nabintech