ढकेरीमा दुर्घटना हुँदा १६ जना घाईते

पिपलबाेट संवाददाता


बाँकेको राप्तीसोनारी –९मा बस र ट्याक्टर ठोकिँदा १६ जना घाईते भएका छन् । बुटवलदेखि नेपालगञ्ज आउँदै गरेको बस रोकिरहेको ट्याक्टरमा ठोकिँदा १६ जना घाईते भएको ईलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख रमेश बहादुर सिंहले बताएका छन् । प्रमुख सिंहका अनुसार घाईतेहरुको उपाचार नेपालगञ्जग मेडिकल शिक्षण अस्पताल कोहलपुरमा भईरहेको छ । घाईते मध्ये केहिको अवस्था गम्भिर रहेको उनले बताएका छन् । साथै घटनाका बारेमा थप अनुसन्धान भईरहेको जानकारी दिएका छन् ।

२ बैशाख २०७६ मा प्रकाशित
Nabintech