जेष्ठ नागरिकलाई सम्मान

पिपलबाेट संवाददाता


बाँकेको कोहपुर नगरपालिका वडा नं. १५ का जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडा नं. ११ मा रहेको ३८ जना जेष्ठ नागरिकहरुलाई कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले छाता, गम्छा, टर्च र हलिक्स दिएर सम्मान गरेका हुन् । कार्यक्रममा बोल्दै नगर प्रमुख लुट बहादुररावतले कोहलपुर नगरपालिका भित्र रहेको सम्पूर्ण जेष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाँच गरिरहेको भन्दै गर्मिका लागि छाता र रातिको समयका लागि टर्च उपलब्ध गराईएको बताएका छन् । साथै उनले जेष्ठ नागरिकहरुलाई स्थानिय सरकारले विभिन्न समयमा स्वास्थ्य परिक्षण गर्दै नगरपालिकाको सिफारिसमा उपाचारमा केहि प्रतिशत छुट गराउने व्यवस्था गरिरहेको बताएका छन् । कोहलपुर नगरपालिकाले बैंक सम्म पुगेर वृद्व भत्ता बुझ्न नसक्ने जेष्ठ नागरिकहरुलाई घरमै भत्ता उपलब्ध गराउने व्यवस्था मिलाउँने बताएका छन् । कार्यक्रममा कोहलपुर नगररपालिक वडा नं. १५ का वडा अध्यक्ष पतिराम थारुको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा वडाका जनप्रतिनिधि लगायत जेष्ठ नागरिकको सहभागिता रहेको थियो ।

४ बैशाख २०७६ मा प्रकाशित
Nabintech