अपाङ्ग परिचय पत्र वितरण सुरु

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरले अपाङ्ग परिचय पत्र वितरण कार्य सुरु भएको छ । कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले कोहलपुर नगरपालिका वडा नं. १२ की श्यामकलि थारुलाई “ख” वर्गको अपाङ्ग परिचय पत्र दिएर कार्यक्रमको सुरुवात गरेका छन् । कार्यक्रममा बोल्दै कोहलपुर मेयर लुट बहादुर रावतले कोहलपुर नगरपालिका भित्रका सम्पूर्ण अपाङ्गहरुको पहिचान गरी उनीहरुलाई वर्गिकरणका आधारमा परिचय पत्र वितरण गरिहेको बताएका छन् । साथै उनले कोहलपुर नगरपालिकालाई अपाङ्ग मै बनाउनका लागि सबैले सहयोग गर्न अनुरोध गरेका छन् । कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कोहलपुर क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

४ बैशाख २०७६ मा प्रकाशित
Nabintech