दुई दिवसीय अभिमूखिकरण सुरु

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा न्यायिक समिति काम कतव्र्य र अधिकारी सम्बन्धि २ दिवसीय अभिमुखिकरण कार्यक्रम आजबाट सुरु भएको छ । कोहलपुर नगरपालिकाकी उपमयेर सञ्जु कुमारी चौधरीले कोहलपुर नगरपालिकाका जनप्रतिनिधिहहरुलाई न्यायिक गतिविधि र कानून सम्बन्धी जानकारी दिनका लागि वडा अध्यक्ष र सविचहरु बिच अभिमुखिकरण कार्यक्रममा आयोजना गरिएको बताएकी छिन् । साथै उनले दुई दिन सम्म कानून सम्बन्धी सिकेको कुराहरु जनप्रतिनिधि र कर्मचारीहरुले व्यवहारमा लागु गर्नुपर्ने बताईन् । दुई दिवसीय कार्यशालाको पहिलो दिन आज प्रशंसनीय दृष्टिकोण सकरात्मक सोच सम्बन्धी अधिवक्ता राधेश्याम थारुले कार्यपत्र पस्तुत गरेका छन् भने मेलमिलापको अवधारण सम्बन्धी कार्य पत्र बासुदेव ज्ञवाली, नगरपालिकाको काम कर्तव्यसँग सरोकार राख्ने कानूनी व्यवस्था सम्बन्धी कार्य पत्र अधिवक्ता लोक बहादुर शाह र मेलमिलापका चरणहरु र मेलमिलापकर्ताको भूमिका सम्बन्धि अधिवक्ता राधेश्याम थारुले कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा कोहलपुर नगरपालिकाका १५ वटै वडाका वडा अध्यक्ष र सचिवहरुको सहभागिता रहेको छ ।

६ बैशाख २०७६ मा प्रकाशित
Nabintech