दुई दिवसीय अभिमूखिकरण सम्पन्न

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा न्यायिक समिति काम कतव्र्य र अधिकारी सम्बन्धि २ दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । समापन कार्यक्रममा बोल्द्रै कोहलपुर नगरपालिकाकी उपमयेर सञ्जु कुमारी चौधरीले न्याय सम्पादन गर्दा जनप्रतिनिधि र कर्मचारीलाई धेरै समस्या देखिएकाले न्यायिक समस्या समाधान गर्नका लागि अभिमूखिकरण कार्यक्रम आयोजना गरिएको बताईन् । साथैै उनले दुई दिन सम्म कानून सम्बन्धी सिकेको कुराहरु जनप्रतिनिधि र कर्मचारीहरुले व्यवहारमा लागु गर्नुपर्ने भन्दै न्यायिक सम्बन्धि आउने समस्याहरु समाधान हुने विश्वास व्यक्त गरेकी छिन् । दुई दिवसीय कार्यशालाको दोस्रो दिन नेतृत्व विकास र समय व्यवस्थापन सम्बन्धि अभिवक्ता पदम पाण्डे, न्यायिक समितिको काम कर्तव्य र अधिकार न्याधिश खुशी प्रसाद थारु, वडाको काम कर्तव्य र अधिकारी अधिवक्ता ईश्वर ज्ञवालीले कार्य पत्र प्रस्तुत गरेका थिए । त्यस्तै समृद्विका लागि सुशासन अधिवक्ता बासुदेव ज्ञवाली प्रशासनिक कार्य प्रणाली समस्या चुनौति र समाधान प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले कार्यपत्र प्रस्तुत गरेका थिए । समापन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं. ११ वडा अध्यक्ष कर्ण बहादुर थापापले कार्यशालामा सिकेका ज्ञानसीपलाई भरपुर सदुप्रयोग गरी सबैलाई सम्मान सेवा दिने प्रतिवद्वता जनाएका छन् । तालिममा सहभागि वडा सचिवहरुको तर्फबाट बोल्दै वडा नं. ११ का वडा सचिव मणिराम रिमालले तालिमबाट कानूनी जटिलता सम्बन्धी काम गर्न केही सहज भएको र काम गर्दा केहि त्रुटिहरु हुने हुँदा यस्ता कार्यशालाले केहि सहयोग पुग्ने बताएका छन् । उक्त कार्यक्रममा कोहलपुर नगरपालिकाका १५ वटै वडाका वडा अध्यक्ष र सचिवहरुको सहभागिता रहेको छ ।

७ बैशाख २०७६ मा प्रकाशित
Nabintech