कोहलपुर जेसीजद्वारा क्यालेण्डर सार्वजनिक

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर जेसीजले २०७६ सालको क्यालेण्डर सार्वजनिक तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जु कुमारी चौधरीले क्यालेण्डर सार्वजनिक गरेकी छिन् । कार्यक्रममा बोल्दै जेसीजले यूवाहरुलाई संगठित गरिरहेको बताउँदै कोहलपुर जेसीजले सामाजिक कार्यमा पनि जोड दिईरहेको र अझ सशक्त रुपमा भएर लाग्नुपर्ने बताईन् । साथै उनले व्यक्तित्व विकास र नेतृत्व विकासमा जेसीजले महत्वपूर्ण योगदान पु¥याईरहेको बताईन् ।
कार्यक्रममा बोल्दै नेकपा कोहलपुर नगर अध्यक्ष बसन्ती अधिकारीले राजनैतिक नेतृत्व लिनका लागि जेसीजमा आवद्व हुन आवश्यक रहेको बताईन् । साथै उनले कुलतमा लागेको यूवाहरुलाई असल नागरिक बनाउन जेसीज सफल भएको बताएकी छिन् । कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले व्यापार व्यवसायलाई सफल बनाउनका लागि सकरात्मक सोचको विकास आवश्यक रहेको भन्दै कोहलपुर जेसीजले यूवाहरुलाई रचनात्मक कार्यमा लाग्नुपर्ने सुझाव समेत दिएका छन् । कार्यक्रममा बोल्दै नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष हेमराज खनाल ‘स्रन्तोष’ले नेतृत्व र व्यक्तित्व विकास गरी समाज रुपान्तरणमा जेसीज अभियान जोडिएको बता्रएका छन् । कोहलपुर जेसीज वर्ष २०१९ की अध्यक्ष संगिता सुवेदीले कोहलपुर जेसीजले यूवाहरुको नेतृत्व विकासका लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको बताउँदै आगामि दिनमा सबै सँग सहकार्य गरी समाजिक अभियानमा सक्रिय हुने बताएकी छिन् । कोहलपुर जेसीज वर्ष २०१९क्री अध्यक्ष संगिता सुवेदीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, समाजसेवि, जेसीजका पदाधिकारी लगायत जेसीज अभियानकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण कोहलपुर जेसीज वर्ष २०१९ का महासचिव संगम खनालले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष रामप्रसाद पाण्डेको रहेको थियो ।

९ बैशाख २०७६ मा प्रकाशित
Nabintech