बैजनाथमा विपन्न दलितलाई बंगुर वितरण

पिपलबाेट संवाददाता


बाँकेको बैजनाथ गाउँपालिका— ३ स्थित गााभरमा आज विपन्न ३० घरधुरी दलितहरुलाई बंगुर वितरण गरिएको छ । वडा स्तरिय दलित संजाल वडा नं ३ को आयोजनामा तथा वडा कार्यालयको सहयोगमा संचालन गरिएको विपन्न दलितहरुलाई बगुरका पाठा वितरण गरिएको वडा स्तरिय दलित संजाल वडा नं ३ का अध्यक्ष हिरालाल नेपालीले जानकारी दिनुभयो । बगुुर वितरण कार्यक्रममा बोल्दै बैजनाथ गाउपलिका वडा न.३ का वडाध्यक्ष राम चरण थारुले बगुर प्राप्त गरेका व्यक्तिहरुले राम्रो संग बगुर पालन गरेमा उनीहरुको आर्थिक अवस्थामा सुधारका लागी सहयोग पुग्ने बताए । साथै उनले आगामी दिनहरुमा दलितहरुको आयआर्जनमा सुधार ल्याउने कार्यक्रमहरु समेत संचालन गरिने बताए । वडा स्तरिय दलित संजाल वडा नं ३ को आयोजनामा तथा वडा कार्यालयको सहयोगमा त्यस्तै कार्यक्रममा बोल्दे बैजनाथ गाउँपालिका दलित संजालकी कोषाध्यक्ष सम्झना परियारले बैजनाथ गाउँपालिकाका सबै वडाहरुमा विपन्न दलितहरुका लागी आयआर्जन तथा सशक्तिकरणका कार्यक्रमहरु संचालन भईरहेको बताउदै आगामी दिनहरुमा गाउँपालिकाले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने बताईन । संजालले वितरण गरेका बगुर प्राप्त गरेका व्यक्तिहरुका लागी बगुरपालन व्यवसाय बारे तालिम समेत दिने भएको छ । त्यस्तै विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक समाग्री समेत वितरण गरिने वडा स्तरिय दलित संजाल वडा न ३ की सचिव गीता परियारले जानकारी दिईन

११ बैशाख २०७६ मा प्रकाशित
Nabintech