राष्ट्रियता कमजोर अवस्थामा छ ः डा. कोइराला

पिपलबाेट संवाददाता


नेपाली काँग्रेसका केन्द्र्रिय सदस्य डा. शेखर कोइरालाले नेपालको राष्ट्रियता कमजोर अवस्थामा रहेको बताएका छन् । बाँकेको कोहलपुर नेपाली काँग्रेस कोहलपुर नगर कार्यसमितिद्वारा आयोजित वर्तमान समसामयिक राजनीतिक सन्दर्भमा नगर स्तरिय भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले विदेशी शक्तिहरुले विभिन्न गतिविधिहरु गरिरहेको भन्दै देशको राष्ट्रियता खतरामा रहेको बताएका छन् । साथै उनले नेपाललाई आर्थिक रुपमा समृद्वि बनाउनका लागि सबै भन्दा पहिला राष्ट्रियताको संरक्षण हुनुपर्ने भन्दै विभिन्न क्षेत्रिय शक्तिहरु सक्रिय भईरहेको बताएका छन् । नेपाली काँग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्वान्तलाई आ्रत्मासाथ गर्नुपर्ने भन्दै नेपाली काँग्रेस राष्ट्रियताको संरक्षणका लागि सबैसँग सहकार्य गर्न तयार रहेको केन्द्रिय सदस्य कोइरालाले बताएका छन् । साथै उनले वर्तमान केपि शर्मा ओलि नेतृत्वको सरकारले नेपाली जनताको भावना अनुसार काम गर्न नसकेको भन्दै सरकारको आलोचना समेत गरेका छन् । ‘केपि शर्मा ओलि नेतृत्वको सरकारले नेपाली जनतालाई महंगिमा डुबाएको छ’ उनले भने ‘सरकारका गतिविधिले जनतामा निराशा आएको छ, नेपाली जनतालाई समृद्वि बनाउने भए प्रतिपक्षसँग सहकार्य गर्नुपर्दछ ।’ साथै उनले नेपाली काँग्रेसले कार्यकर्ताका भावना अनुसार आफ्ना नीति तथा कार्यक्रमहरु सञ्चालनमा ल्याउनुपर्ने बताउँदै अब काँग्रेस कार्यकर्ता र नेपाली जनताको भावना अनुसार नै सञ्चालन हुने बताएका छन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस केन्द्रिय सदस्य धनराज गुरुङ्गले नेपालबाट भ्रष्टाचारलाई अन्त्य नगरेसम्म देशमा समृद्वि नआउने भन्दै वर्तमान सरकारले भ्रष्टाचारलाई प्राथमिकता दिईरहेको बताएका छन् । साथै उनले वर्तमान सरकारले देशमा शान्ति, सुशासन कार्यम गर्न नसकेको भन्दै नेपाली काँग्रेसले सरकारका गलत क्रियाकलापको विरोद्व सडक र सदनबाट दिने बताएका छन् । नेपाली काँग्रेस बाँके पार्टी सभापति किरण कोइरालाले नेपाली काँग्रेस प्रतिपक्षका रुपमा कमजोर भएको आरोपको खण्डन गर्दै प्रतिपक्ष रचनात्मक रुपमा प्रस्तुत भएको बताईन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बाँके पार्टी सचिव तप्त पौडेलले नेपाली काँग्र्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले जनताको भावना अनुसार काम गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस बाँके क्षेत्र न्रं. १ पार्टी सभापति माधव राम खत्रीले नेपाली काँग्रेसको विधि र विधान अनुसार पार्टी सञ्चालन हुनुपर्ने भन्दै कार्यकता्र्रहरुले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने्र बताएका छन् । नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिका सभापति बलाराम शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकताहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण सचिव भूम बहदाुर भण्डारीले गरेका थिए ।

१४ बैशाख २०७६ मा प्रकाशित
Nabintech