कक्षा ११ र १२ को परीक्षाको तयारी पुरा

पिपलबाेट संवाददाता


राष्ट्रिय परिक्षा बोर्ड शाखा कार्यालय कोहलपुर कक्षा ११ र १२ को वार्षिक परिक्षाको सम्पूर्ण तयारी भएको जनाएको छ । कोहलपुर शनिबार पत्रकार सम्मेलन गरी आईतबारबाट सञ्चालन हुने कक्षा १२ र २९ गतेबाट सुञ्चालन कक्षा ११को परिक्षाको तयारी पुरा भएको हुने राष्ट्रिय परिक्षा बोर्ड शाखा कार्यालय कोहलपुरका प्रमुख गिरीमान थापाले जनाएका छन् । राष्ट्रिय परिक्षा बोर्ड शाखा कार्यालय कोहलपुरले यो वर्षदेखि बाँके र बर्दिया जिल्लाको मात्रै परिक्षा सञ्चालन गर्ने र बाँकी कर्णाली प्रदेशका जिल्लाहरुको वार्षिक परिक्षा सुर्खेत शाखाले सञ्चालन गर्ने उनले बताएका छन् । बाँके र बर्दिया जिल्लामा कक्षा १२ को वार्षिक परिक्षामा नियमित तर्फ ७ हजार ७ सय ८१ र आंशिक तर्फ ४ हजार २ सय ४४ जना गरी १२ हजार २५ जना विद्यार्थीहरुले परिक्षामा सहभागिता जनाउनेछन् । त्यस्तै बाँके र बर्दिया जिल्लाबाट कक्षा ११ को परिक्षामा नियमित तर्फ ९ हजार ७ सय ९२, आंशिक तर्पm ४ हजार २ सय १९ गरी १४ हजार ११ जना विद्यार्थीहरुले सहभागिता जनाउने प्रमुख थापाले बताएका छन् । उनका अनुसार बाँके र बर्दिया जिल्लामा नियमति तर्फ १७ हजार ५ सय ७३ र आंशिक तर्फ ८ हजार ४ सय ६३ जना गर कक्षा ११ र १२ मा कुल २६ हजार ३६ जना विद्यार्थीहरुले परिक्षामा सहभागिता जनाउँदैछन् भने बाँके जिल्लामा १९ वटा र बर्दिया जिल्लामा १२ वटा पर्रिक्षा केन्द्रहरु कायम गरिएका छन् । साथै प्रत्यके परिक्षा केन्द्रमा एकजना केन्द्राध्यक्ष, ३ सय परिक्षार्थी भएको केन्द्रमा १ जना र ३ सय भन्दा बढी परिक्षार्थी भएको केन्द्रमा २ जना सहायक केन्द्राध्यक्ष र कर्मचारी, २ जना सहयोगि कर्मचारी र १२ जना सुरक्षाकर्मीहरु परिचालन गरिएको जनाईएको छ । साथै यसपटकको परीक्षा हल भित्र कसैलाई पनि फोटो खिच्न, अडियो÷भिडियो रेकर्ड गर्न निषेध गरिएको प्रमुख थापाले बताएका छन् । परिक्षा बोर्ड कोहलपुरका अनुसार परिक्षाका लागि आवश्यक उत्तर पुस्तिका र फारामहरु सबै परिक्षा केन्द्रसम्म पुर्याईसकिएको छ भने प्रश्नपत्र परिक्षा केन्द्र नजिकको सुरक्षा निकायमा बुझाईएको छ । अपाङता भएका भएका परिक्षार्थीहरुका लागि परिक्षामा बिशेष ब्यवस्था मिलाईएको बताईएको छ । त्यस्तै कारागार र बालसुधार गृहमा रहेका परिक्षार्थीहरुका लागि कारागार र बालसुधार गृहबाटै परिक्षा दिने व्यवस्था मिलाईएको प्रमुख थापाले जानकारी दिए । त्यस्तै प्रमुख थापाले परिक्षालाइ्र्र व्यवस्थित, मर्यादित र अनुशासित बनाई भयरहित र पर्रिक्षामैत्री वातावरण सिर्जना गर्न सबै केन्द्रध्यक्ष, निरीक्षक, कर्मचारी, अभिभावक, राजनीतिकर्मी, जनप्रतिनिधि लगायतलाई अनुरोध गरेका छन् ।

१४ बैशाख २०७६ मा प्रकाशित
Nabintech