बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको समग्र शैक्षिक विकासका लागि दुई वटा विद्यार्थी संगठनले क्याम्पस लाई ज्ञापन पत्र बुझाएका छन् । नेपाल विद्यार्थी संघ बागेशवरी बहुमुखी क्याम्पस ईकाई कार्य समितिका सभापति राम प्रसाद पाण्डे र राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठन (संयुक्त)का अध्यक्ष गणेश प्रसाद रेग्मीले क्याम्पस प्रमुख शिशिर कुमार शर्मालाई ज्ञापन पत्र बुझाएका छन् । बागेश्वरी बहुमुखी क्याम्पस मध्यपश्चिम विश्वविद्यालयमा हस्तान्तरण कार्यक्रममा अतिथि सत्कारको नाममा व्यापक आर्थिक हिनामिना जस्तै क्याम्पसको नाममा मदिराजन्य पदार्थ प्रयोग गरिएको प्रति खेत प्रकट गर्दै उक्त कार्यक्रमको हिसाब तत्काल सार्वजनिक गर्न माग ज्ञापन पत्र मार्फत गरेका छन् । त्यस्तै क्याम्पसमा सेमेस्टार प्रणाली लागु भइसकेपछि आन्तरिक परिक्षा र रजिष्ट्रेशन फारम बन्द भएपछि राजनैतिक पहुँचका आधारमा विद्यार्थी भर्ना गरिएको प्रति गम्भिर ध्यानाकर्षण गराउँदै यसलाई तत्काल खारेज गर्नुपर्ने, राजनैतिक आस्थाका आधारमा विद्यार्थी र विद्यार्थी संगठन प्रति गरिने व्यवहार फरक रहेको हुँदा यस्ता व्यवहार तथा क्रियाकलाप तत्काल रोक्नुपर्ने, क्याम्पसको पुस्तकालयमा पर्याप्त मात्रामा पुस्तकहरु नभएको र बारम्बार विद्यार्थी तथा विद्यार्थी संगठनले मौखिक रुपमा जानकारी गराउँदा क्याम्पस प्रशासन मौन बसेको साथै यस क्याम्पसमा स्नातकोत्तर कक्षा साँझ सञ्चालन भएको हुँदा उक्त समयमा पुस्तकालय र प्रशासन अनिवार्य खुल्ला राख्नुपर्ने ज्ञापन पत्र माफर्त माग गरेका छन् । साथै क्याम्पसमा महिला तथा पुरुष दुबै शौचालय अव्यवस्थित र दुर्गान्धित भएको हुँदा तत्काल यसलाई व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् । क्याम्पस प्रशासनले विद्यार्थीहरुका माग ४८ घण्टा भित्र सम्बोधन नगरे कडा संघर्षमा उत्रन बाध्य हुने र यसबाट हुन जाने क्षतिको जिम्मेवार ी क्याम्पस प्रशासनले नै लिनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।