उपप्रमुख चौधरीको पहलमा मन्त्री राईद्वारा पुल बनाउने प्रतिवद्वता

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर–१५ चन्नवाबाट बैजनाथ गाउँपालिकाको पेडारी नाला जोडने पक्की पुलका लागि सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राइले आगामि आर्थिक वर्षमा बजेट छुट्याउने प्रतिवद्वता जनाएका छन् । कोहलपुर नगरपालिका वडा नं. १५ का जनता आवात जावतमा समस्या भएपछि कोहलपुर नगरपालिकाकी उपमेयर सन्जु कुमारी चौधरीको विशेष पहलमा मन्त्री राईले पुलको स्थलगत अनुमागन गरी आवश्यक बजेट बिनियोजित गर्ने प्रतिवद्वता जनाएका छन् । कोहलपुर नगरपालिका वडा नं. १५ का जनतालाई आवत जावत गर्न समस्या भएपछि मन्त्री राईलाई आवश्यक बजेटको व्यवस्थापन गर्नका लागि स्थलगत अवलोकन गराईएको कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीले बताईन् । सो अवसरमा मन्त्री राईले सो पुल १ वर्ष भित्र निमार्णको कार्य थालनी गरिने बताएका छन् । यस पुल निमार्णको लागी आफुले सक्दो सहयोग गर्ने मन्त्री मोहम्मद इश्तियाक राइले आश्वासन समेत दिएका छन् । सो पुलको स्थल गत अवलोकनमा कोहलपुर नगरपालिकाका उप प्रमुख सन्जु कुमारी चौधरी, कोहलपुर नगर विकासका पूर्व अध्यक्ष अबराज खडका , कोहलपुर पालिका वडा नंं. १५ का वडा अध्यक्ष पतिराम थारु, वडा न १० का वडा अध्यक्ष निम बहादुर चलाउने लगायतको सहभागीता रहेको थियो ।

१६ बैशाख २०७६ मा प्रकाशित
Nabintech