बाँकेको बैजनाथ गाउँपालिका वडा न. ६ मा मंगलबार कुखुराका चल्ला वितरण गरिएको छ । बैजनाथ गाउँपालिका वडा नं. ६ वडा कार्यालयको सहयोग तथा बैजनाथ गाउँपालिका स्तरिय दलित संजाल वडा नं. ६ को आयोजनामा भएको कार्यकक्रममा बैजनाथ गाउँपालिका वडा नं. ६ भित्रका विपन्न २० घरधुरीलाई प्रतिघर १५ वटाका दरले कुखुराका चल्ला तथा दाना वितरण गरिएको थियो ।
चल्ला वितरण कार्यक्रममा बोल्दै प्रमुख अथिथि तथा बैजनाथ गाउँपालिका वडा नं. ६ का वडासदस्य भानुभक्त वि.सीले थोरै लगानीबाट भएपनि दलित संजालले वितरण गरेको चल्लाले आर्थिक अवस्थामा सुधार गर्न सकिने बताएका छन् । त्यस्तै कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका स्तरिय दलित संजालका अध्यक्ष दिल विश्वकर्माले दलितहरु आत्मनिर्भर हुनुपर्ने बताउँदै आफुले प्राप्त गरेको वस्तुको सही सदुपयोग गर्नुपर्ने बताए । दलित संजाल वडा नं. ६ का अध्यक्ष लाल बहादुर सुनारको सभापतित्वमा भएको कार्यक्रम दलित अगुवा कर्ण बहादुर सुनार, राम कुमार सुनार लगायतले मन्तव्य राखेका थिए ।