दालमोट उत्पादन तथा सिप विकास तालिम सम्पन्न

पिपलबाेट संवाददाता


बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ५मा दालमोट उत्पादन तथा सिप विकास तालिम सम्पन्न भएको छ । ‘गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यकक्रम’ भन्ने मुल नाराका साथ बैजनाथ गाउँपालिका वडा नं. ५ को आर्थिक सहयोग बैजनाथ गाउँपालिकाको समन्वयमा एभरेष्ट टेक्निकल कलेजको आयोजनामा सात दिने दालमोट उत्पादन तथा सिप विकास तालिम मंगलबार सम्पन्न गरिएको छ । तालिमको समापन सत्रमा बोल्दै बैजनाथ गाउँपालिका वडा नं. ५का वडा अध्यक्ष मन बहादुर खत्रीले अहिलेको आवश्यकता भनेकै विकास र समृद्वि भएको बताउँदै प्रत्येक यूवाहरु स्वोरजगार बन्नुपर्ने बताए । साथै उनले बैजनाथ गाउँपालिकाको अति बिपन्न बेरोजगारी, विपन्न दलित, परिवारहरुलाई छनौट गरि बैजनाथ गाउँपालिका वडा नं. ५ को गुरुवागाउँलाई मध्यनजर गर्दै तालिमको सहभागी छनौट गरिएको बताएका छन् । वडा अध्यक्ष खत्रीले वडाका सबै महिलालाई आत्मा निर्भर बनाउने लक्ष्य लिएको बताएका छन् । उक्त तालिममा वडाका २५ जना महिलाहरुको सहभागीता रहेको छ । एभरेष्ट टेक्निकल कलेजका प्रबन्ध संचालक विरेन्द्र सुवेदीको सभापतित्वमा सम्पन्न थियो भने कार्यक्रमको सहजिकरण कल्पना कार्कीले गरेकी थिईन् ।

१७ बैशाख २०७६ मा प्रकाशित
Nabintech