नेकपाको सरकार देखि नेपाली जनता आति सकेका छन् साउद

पिपलबाेट संवाददाता


दिगो विकासका लागि मर्यादित रोजगारी सुदृढ लोकतन्त्र र समृद्धि हाम्रो जिम्मेवारी भन्ने मुल नाराका साथ १३० औं अन्तराष्ट्रिय श्रमिक दिवस भव्य रुपमा मनाईएको छ ।
अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस बाँकेको आयोजनमा नेपालगन्जमा बृहत ¥याली आयोजना गरिएको थियो । ¥यालीमा सहभागीहरुले विभिन्न नारा लेखिएका पिलेकाड, र झण्डा बेकेका थिए । पिलेकाडमा पेशागत सम्मान उचित दाम, समाजिक सुरक्षा सुरक्षित काम, दिगो विकासका लागि मर्यादित रोजगारी सुदृढ लोकतन्त्र र समृद्धि हाम्रो जिम्मेवारी नेपाली काँग्रेसको पार्टि कार्यालयबाट शुरु भएको ¥याली चारवाहिनि हुदै जिल्ला समन्वय समितिको पुगेर सभामा परिनत भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्दि«य सदस्य तथा पूर्व मन्त्री एनवि साउदले वर्तमान सरकारले नेपालमा रहेका विभिन्न मजदुरहरु लाई दिनुपर्ने सेवा सुविधा दिनबाट बञ्चित गरेको वताए । अहिलेको सरकारले जनताको गाँस वास र कपासको ग्यारेन्टी गर्ने नसकेको वताए । सरकारी सम्पतिको सम्म संरक्षण गर्ने नसक्ने सरकारले देशमा के गर्ने सक्छ भन्दै प्रश्न गरेका थिए । साउदले अहिलेको सरकारले विभिन्न क्षेत्रमा कव्जा जनाउन खोजेको आभाष अहिले हुन थालेको वताए । देशमा अहिले विभिन्न खाले हिंसाहरु बढ्दै गएको सवैलाई जानकारी गरेको वताए । निर्मला पन्तको परिवारले अहिले सम्म न्याय नपाएको अवस्था देखि देशमा विभिन्न भागमा भएका हिंसाको दोषिहरु सवै अहिलेको सरकारले संरक्षण गरेको आरोप आरोप लगाएका छन । अहिले ओलि सरकारले नेपाल पुलिसलाई आफुनो जनवर्गिय संगठनको रुपमा परिचालन गरेको जस्तो आभाष काँग्रेसले गरेको वताए किन भने नेकपामा आवद्ध भएका जुन सुकै मानिसहरुले जस्तो सुकै गलत कार्य गरेमा समेत मुद्धा दर्ता गर्न पुलिसलाई दवाफ दिनु पर्ने र अन्य मानिसले समान्य गति गरेमा तत्काल सार्वजनिक मुद्धा लगाउने कार्यले गर्दा जनता त्रसित भएको वताए । अहिलेको अवस्थामा नेपाली काँग्रेसले पाटि भित्र गुठ र उप गुठ वनाउन नछाडेमा पाटिमा कसैको पनि भविश्य नरेको वताए । कार्यक्रमा विशिष्टि अतिथि नेपालि काँग्रेसका केन्दि«य सदस्य बद्रि पाण्डेले ओलि सरकारका गतिविधिवाट नेपाली जनता आतिसकेको वताए ।
यो सरकारले स्वरोजगार कोषको शुरुवात गरेको वर्तमान सरकारका प्रधानमन्त्री आफनो फोटो पोलमा लगाएर समृद्ध मुलुक निर्माण गर्ने भन्दै हिडेका छन् । ओलि सरकारले अहिले देशमा ठुला आयोजनाहरु प्रधानमन्त्री कार्यालय अन्तरगत संचालन गनु आफैमा मुलुक कव्जाको रुपमा विकास गर्न खोजिएको पाण्डेले वताए । सरकारले मेलेम्ची , ह्रईट वढि ,एनसेल र ३३ के।जी सुनका विषयमा नबोल्नुले सरकारको पारर्दशीता विषयमा नेपाली जनताले बुझिसकेको वताए । कार्यक्रमा नेपाल ट्रेड यूनियनका केन्द्रिय उपाध्यक्ष ललित श्रेष्ठ , नेपाल ट्रेड यूनियनका केन्द्रिय सदस्य विरेन्द्र कुमार शाह ,नेपालि काँग्रेसमा जिल्ला सभापति किरण कोईराला, प्रदेश सभासद शुरेन्द्र हमाल, याकु अन्सारी लगाएतकाको सहभागिता रहेको थियो ।कार्यक्रमको सभापतित्व नेपाल ट्रेड युनियन काँग्रेस बाँके अध्यक्ष राम वहादुर मल्लको सभापतित्वमा कार्यक्रम सम्पन भएको थियो ।

१८ बैशाख २०७६ मा प्रकाशित
Nabintech