विद्यार्थी संगठन र क्याम्पस बिच सहमति

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर र विद्यार्थी संगठन बिच सहमति भएको छ ।
क्याम्पस प्रमुख शिशिर कुमार शर्मा र नेपाल विद्यार्थी संघ बागेशवरी बहुमुखी क्याम्पस ईकाई कार्य समितिका सभापति राम प्रसाद पाण्डे र राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठन का नेता बिजय काफ्ले लगायत विद्यार्थीहरु बिच बुधबार साँझ भएको छफलबाट सहमपति भएको छ । दुई विद्यार्थी संगठनहरुले केहि समय आगाडि क्याम्पसको समग्र शैक्षिक विकासका लागि दुई वटा विद्यार्थी संगठनले क्याम्पसलाई ज्ञापन पत्र बुझाएका थिए । नेपाल विद्यार्थी संघ बागेशवरी बहुमुखी क्याम्पस ईकाई कार्य समितिका सभापति राम प्रसाद पाण्डे र राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठन (संयुक्त)का अध्यक्ष गणेश प्रसाद रेग्मीले क्याम्पस प्रमुख शिशिर कुमार शर्मालाई ज्ञापन पत्र बुझाएका छन् । विद्यार्थी संगठनहरुले माग गरेका विषयहरु क्याम्पस प्रशासन गम्भिर भएको भन्दै क्याम्पसको गुणस्तरिय शिक्षाका लागि विद्यार्थीहरु संगठनहरुले सहयोग गर्ने प्रतिवद्वतासँगै सहमति भएको हो । विद्यार्थीहरुले उठा्रएका मागहरुमा क्याम्पस प्रशासन सकरात्मक भए पछि सहमति भएको बागेशवरी बहुमुखी क्याम्पस ईकाई कार्य समितिका सभापति राम प्रसाद पाण्डेले जानकारी दिएका छन् ।

१९ बैशाख २०७६ मा प्रकाशित
Nabintech