तक्षशिला एकेडेमीद्वारा विद्यार्थीलाई स्वागत

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा रहेको तक्षशिला एकेडेमीले विद्यालयमा भर्ना भएका नयाँ विद्यार्थी स्वागत गरेको छ । विद्यालयमा नयाँ विद्यार्थीहरुलाई घुलमिल र समायोजन हुन सजिलो होस् भन्ने हेतुले शुक्रबारीय कार्यक्रम अन्तर्गत नयाँ विद्यार्थीहरुलाई टिका लगाई उपहारस्वरुप शैक्षिक सामग्री वितरण समेत गरिएको छ । स्वागत कार्यक्रममा विद्यार्थीहरुले गायन, बिट बक्स, कविता तथा गीत आदि प्रस्तुती गरेका थिए । कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल बासु गिरीले विद्यार्थीहरुको सर्वाङ्गिण विकासका निमित्त विद्यालय हरदम लागिरहेको र विद्य्रार्थी, अभिभावक तथा विद्यालय बिचको समन्वय र सहकार्यका कारण व्रिद्यालय अझै गुणस्तरीइ शिक्षा प्रदान गर्न सक्षम हुने बताएका छन् । कक्षा ९ की प्रियंका अधिकारीले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन अंग्रेजी विभागका प्रमुख चिरायु वि.क.बाट भएको थियो । कार्यक्रममा शिक्षक धनराज बुढाथोकी र शिक्षिका भवानी शाही लगायतले आफ्नो भनाई राखेको थिए ।

२० बैशाख २०७६ मा प्रकाशित
Nabintech