रेडिमिक्स कंक्रिट उद्योग संचालनमा

पिपलबाेट संवाददाता


विश्वसिलो भरपर्दो र दिगो निर्माण, सफा सुन्दर हरित नगर हाम्रो पहिचान भन्ने अभियानका साथ कोहलपुरमा कोहलपुर आर.एम.सि प्रा.लि. विभिवत रुपमा संचालनमा आएको छ । कोहलपुरका युवा व्यवसारी हरुको करिव ७ करोड लगानिमा संचालनमा आएको उद्योगले यस क्षेत्रको निर्माण सेवामा ठुलो सहयोग पु¥याउने विश्वास गरिएको छ । अहिलेको समाजमा मानिसहरुको कार्य व्यस्तता कामदारहरुको कमी ,सडक छेउमा निर्माण सामाग्र्री राख्न नपाईनु जस्ता समस्या वाट मुक्तिको लागी उद्योग ले महत्व पूर्ण सहयोग पु¥याउने विश्वास दिएको छ ।कोहलपुर नगरपालिका वडा नं. ८मा संचालनमा आएको उद्योग कोहलपुर नगरपालिकाका मेयर लुट वहादुर रावतले उद्योगको उदघाटन गरेका छन् । उदघाटन कार्यक्रमा बोल्दै कोहलपुरका मेयर रावतले यस क्षेत्रको विकासका लागी यस उद्योगले ठुलो सहयोग गर्ने वताए । कोहलपुर क्षेत्रमा उद्योग संचालन गरेर आफुहरुको एउटा सपनमा पुरा गर्ने सहयोग गरेको वताए। समृद्ध कोहलपुर निर्माणको अभियानमा आवश्यक पर्ने युणस्तरीय कंक्रिट उपलव्ध गराई छिटो छरीतो माध्यमवाट आफ्नै दक्ष जनशक्तिको प्रयोग गरीसेवा दिने उद्देश्य लिएर संचालनगरेको उद्योग लाई विकास गर्ने आफुले सहयोग गर्ने वताए । कार्यक्रमका विशिष्ट अतिथि ईलाका प्रशासन प्रमुख दत्तराज हमालले यस क्षेत्रमा संचालनमा रहेका उद्योगहरुलाई कुनै किसिमको सुरक्षाको कमि कमजोरी हुन नदिने वताए । यस क्षेत्रको विकासमा सहयोग पुग्ने गरेर उद्योगले काम गर्नु पर्ने वताए । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र वहादुर अधिकारीले पछिलो समयमा कोहलपुरमा विभिन्न उद्योगहरु खुल्लने क्रम वढि रहेकोले स्थानिय सरकारले यस्ता उद्योगहरुको लागी केहि सहुलिएत दिन आवश्यक रहेको वताए । निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष टेक बहादुर खड्का , प्रालिका कानूनी सल्हाकार ईश्वरी ज्ञवाली ,कोहलपुर नगर विकास कार्यलय का पूर्व अध्यक्ष लक्ष्मण राज पौडेल , ईलोक्टोनिक्स व्यवसायी संघ कोहलपुरका अध्यक्ष रमणी प्रसाद शर्मा , लगाएको उपस्थीति रहेको थियो । कार्यक्रमको सभापतित्व प्रा.लि.का अध्यक्ष भिम वहादुर शाहिले गरेका थिए ।

२८ बैशाख २०७६ मा प्रकाशित
Nabintech