कोहलपुर हेल्थ केयर अस्पताल को ओपिडि सेवा सुचारु

पिपलबाेट संवाददाता


कोहलपुर हेल्थ केयर अस्पताल प्रा.लि. कोहलपुरमा अपतालको रुपमा शनिबार देखि संचालनमा आएको छ । २०७२ साल देखि फार्मसीको रुपमा संचालन गर्दै आएको प्रालिले २५ सैयाको अस्पताल संचालनमा ल्याएको
छ । अस्पतालले अहिले विभिन्न सेवाहरु फिजिसियन ,बालरोग बिशेषज्ञ,
स्त्री रोग बिशेषज्ञ, हाड,जोनी,तथा नशा रोग बिशेषज्ञ, रेडियोलोजिष्ट, मनोरोग न्यूरो तथा मानसिकरोग विशेषज्ञहरु द्धारा सेवा प्रदान गदै गर्ने लक्ष्य लिएको प्रा.लिकी अध्यक्ष राज कुमारी मैनालीले वताईन् । यस्तै अस्पतालले ल्याव ,भिडियो एक्सरे ,डिजिटल
एक्सरे सेवा समेत दिने वताईन् । यस्तौ अस्पताल उद्घाटन गदै कोहलपुर नगरपालिकाका मेयर लुट वहादुर रावतले अ्रस्पतालले ग्रामिण समुदायका मानिस हरुलाई शुलभ सेवा प्र्रदान गने्र्र विस्वास व्यक्त गरे । अहिले संचालनमा आएको अस्पतालले राम्रो सेवा प्रदान गरेर कोहलपुर वाट वाहिर सेवा लिन जाने समुदायहरुलाइ्र्र यहि उपचार गने्र्र वातावरण वनामउदु पर्ने वताए । यस्तो कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारीले कोहलपुर ढिलो चाडो विकासको फ्ड्को मार्ने क्रममा रहेको समयमा यसरी निजि लगानिमा अस्पताल संचालनमा आउनु पनि राम्र्रो कुरा भएको वताए । यहाका मानिस बाहिर अन्य जिल्लामा उपचार गराउन जादा ठगिमाग्ने जस्तो समस्या को अव अन्त्य हुने वताए । कोहलपुर नगरविकास समितिका अध्यक्ष अवराज खड्काले अस्पतालले जनतालाई सहज हुने तरीकाले सेवा दिनु पर्ने वताए । कोहलपुरमा विभिन्न सेवा दिएमा विरामीहरु नेपालगन्ज र भारत तिर उपचार गराउन जानु नपर्ने खड्काले वताए । यस्तौ कार्यक्रमा जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख प्रेम केसिले यसरी अस्पताल खुल्लु आफैमा राम्र्रो कुरा भएको वताए । अस्पतालले जनमुखी काम गर्नु पर्ने मा जोड दिए । कार्यक्रममा स्वागत भाषण संचालक समितिका सदस्य ललित पाहाडीले गरेका थिए । अस्पतालले अव देखि २४ सै घण्टा सेवा प्रदान गर्ने छ ।

२८ बैशाख २०७६ मा प्रकाशित
Nabintech