गणतन्त्रमा पूर्व राजा र बिप्लव समूह भन्दा केपी संग डर बढयोः गगन थापा

पिपलबाेट संवाददाता


नेपाली काग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले संघीयतालाई समाप्त पार्न सक्ने त्रास प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्रलाई समाप्त पार्ने डर महामहिम राष्ट्रपति बिद्यादेवी भण्डारीसँग भएको बताएका
छन् ।
दाङको श्रीगाँउमा प्रजातान्त्रिक उद्यमीरउद्योगी ब्यबसायी संघ तुलसीपुरले शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व स्वास्थ्यमन्त्री थापाले यो ब्यबस्थालाई डर वर्तमान सरकार र वर्तमान राष्ट्रपतिसंग मात्र भएको जिकिर गरे ।
गणतन्त्र समाप्त गर्न नत पूर्ब राजाले गर्न सक्छन् नत बिप्लव नेतृत्वले गर्न सक्छ,डर त केवल दुई तिहाई बहमुत सरकारसंग मात्र भएको उनले बताए । त्यसमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको रवौयाको कारण डर पैदा हुन थालेको उनको भनाइ छ ।
अहिलेको सरकारले मानव अधिकार आयोगमाथि हस्तक्षेप, निर्वाचन आयोग, लोकसेवा आयोग,नागरिक स्वतन्त्रमाथि हस्तक्षेप र पछिल्लो पटक प्रेस स्वतन्त्रता माथि अंकुश लगाउने तयारी गरेको चर्चा गर्दै काँग्रेस नेता थापाले स्वतन्त्र हैसियत रहेका संबैधानिक अंगलाई अंकुश लगाउन दुई तिहाई बहुमत सरकार तत्पर
रहेको आरोप लगाए ।
राष्ट्रपतिले पनि
सवारीमा निस्कन बढि रुचाउन थाल्नुभएको र उहाँ जति धेरै सवारीमा निस्कनु हुन्छ, गणतन्त्रलाई त्यति नै बढी खतरा बढ्ने गरेको थापाले
बताए । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकार नेपालको ईतिहासमा सबै भन्दा शक्तिशाली सरकारको रुपमा अवसर पाएको चर्चा गर्दै थापाले भने ‘राणा शासनमा चन्द्र शम्शेर जवरा शक्तिशाली भएको ईतिहासमा पढियो तर उनीलाई भारदारको डर थियो ।
वीपी कोइराला नेतृत्वको सरकारलाई राजाबाट डर भयो, सक्रिय राजतन्त्रलाई बहुदलबादी पक्षधरबाट डर भयो तर अहिलेको सरकारलाई कसैसँग डर छैन् । यो वेला देशको सम्बृद्धिका लागि लाग्नुपर्ने सरकारले ठुला सपना बाँडन मात्र उद्धत छ । एकजना किसानले मेरो लागि सरकारले राम्रो काम गरिदियो भन्ने ठाँउ छैन, मजदुर, कर्मचारी, युवा, कसैले पनि वर्तमान सरकारबाट हाम्रो लागि राम्रो गरेको छ भन्ने ठाँउ समेत राख्न सकेन ।’
काँग्रेस नेता थापाले काँग्रेसले चलाएको जागरण अभियान कार्यकर्ता माझमा मात्र नभई पार्टी शीर्ष तहमा पनि चलाउनु पर्ने आबश्यकता पनि औल्याए ।बुढानिलकण्ठ,
बोहराटार र सानेपामा पनि
जागरण अभियान चलाउनुपर्ने आश्यकता भएको उनको भनाइ छ । काँग्रेस भित्र चुनाव हारेकाहरु थिलो थिलो भएर बसिरहेको तर जितेकाहरु भने नाची रहेको बताउँदै उनले भने ‘अब राणा शासनको अन्त्य र ३० बर्षीय
राजाको शासनको अन्त्यका लागि बिपी,गणेशमान,कृष्णप्रसाद भट्टराई,हिमालय शम्शेर जवरा , १० बर्षे द्धन्दकालमा शान्ति प्रक्रियाका लागि गिरीजाप्रसाद कोईरालाको नाम मात्र वाचन
गरेर पुग्दैन ।’

२८ बैशाख २०७६ मा प्रकाशित
Nabintech